धनगढी । धनगढी क्रिकेट एकेडेमी ९डिसिए० का ६ जना खेलाडी नेपाल प्रिमियर लिग ९एनपीएल० खेल्नका लागि अनुबन्ध भएका छन् । आइतबार काठमाडौँमा सम्पन्न अक्सनमा डिसिएका ६ खेलाडीहरू नेपाल प्रिमियर लिगमा सहभागी हुने विभिन्न टिममा अनुबन्ध भएका हुन् ।
डिसिएका क्रिकेटर लोकेश बम सर्वाधिक बढी मूल्य १५ लाखमा विराटनगर किंगसका लागि खेल्ने छन् । भने नारायन जोशीले पोखरा एभेन्जर्सका लागि १० लाखमा खेल्ने छन् ।
यस्तै, विपिन रावल ८ लाख चितवन राईनोज, भोजराज भट्ट ४ लाख ५० हजार सुदूरपश्चिम रोयल्स, नरेन भट्ट २ लाख विराटनगर किंगस र राजु रिजाल २ लाख काठमाण्डु गोर्खा टिममा अनुबन्ध भएका छन् ।
आयोजक नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार, अक्सनमा १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो भने आगामी १५ मंसिर देखि नेपाल प्रिमियर लिग हुने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline