ग्वाटेमालामा नेपाली सहित ६ जना आप्रवासीको गोली हानी हत्या

ग्वाटेमालामा नेपाली सहित ६ जना आप्रवासीको गोली हानी हत्या

  • बिहिबार, अशोज १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं । नेपालीसहित ६ जना आप्रवासीलाई ग्वाटेमालामा गोली हानी हत्या गरिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार मेक्सिन सेनाले नेपालीसहित ६ जना आप्रवासीको गोली हानी हत्या गरेका हुन्।

ट्रकमा रहेका नेपाली, भारतीय, पाकिस्तानी र इजिप्ट र क्युबाका नागरिक रहेको भारतीय मिडिया द हिन्दीले उल्लेख गरेको छ। ट्रकमा रहेका उनीहरूलाई ग्वाटेमालाको सीमानामा दुई जना मेक्सिन सेनाले अन्धाधुन्ध गोली प्रहार गरेर मारेको समाचारमा उल्लेख छ।

मेक्सिन रक्षा विभागले चार जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ। ट्रकमा १७ जना आप्रवासीहरू सुरक्षित भेटिएका थिए। ट्रकमा ३३ जना आप्रवासी सवार रहेको बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी