बाबर आजमले दिए कप्तानीबाट राजीनामा

बाबर आजमले दिए कप्तानीबाट राजीनामा

  • बुधबार, अशोज १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन् । आजमले सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका छन् ।

उनले आफ्नो कप्तानी अनुभव उत्कृष्ट रहेको बताउदै आफ्ना फ्यानहरुलाई धन्यवाद समेत दिएका छन् ।

बाबर आजमले भनेका छन्- ‘म आज तपाईंसँग एउटा समाचार साझा गर्दैछु। मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु । टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर अब मैले पद छोडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ ।’

आजमले आफ्नो प्रदर्शनलाई प्राथमिकता बताउदै उनले अब आफ्नो परिवारसँग समय बिताउने समेत लेखेका छन् । उनले भनेका छन्- हामीले सँगै जे हासिल गर्यौं त्यसमा म गर्व गर्छु र एक खेलाडीको रूपमा टोलीमा योगदान गर्न जारी राख्न तत्पर छु ।’

पाकिस्तानले पछिल्लो पटक बंगलादेशविरुद्धको टेस्ट सिरिजमा पहिलो पटक हार बेहोरेको थियो । पाकिस्तानले अक्टोबर ७ देखि घरेलु मैदानमा तीन खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी