त्रिकोणात्मक सिरिजमा नेपालद्धारा ओमन ३७ रनले पराजित

त्रिकोणात्मक सिरिजमा नेपालद्धारा ओमन ३७ रनले पराजित

  • सोमवार, अशोज १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध ३७ रनको जीत हात पारेको छ ।

ओन्टारियोस्थित किंग सिटी स्टेडियममा भएको खेलमा नेपालले पहिला ब्याटिंग गर्दै पुरा २० ओभरमा १७६ रन जोडेको थियो ।

त्यसपछि १७७ रनको चूनौतीको सामना गरेको ओमनलाई नेपालले १९.१ ओभरमा १३९ रनमा अलआउट गरेपछि ३७ रनको जीत निकाल्न सफल भएको हो ।

नेपालका लागि करण केसीले ३, कुसल भुर्तेल र गुल्सन झाले समान २ तथा सन्दीप लामिछाने, राजन ढकाल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

ब्याटिंग तर्फ गुल्सन झाले नट आउट ४० रन जोडे । उनले १७ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । ओपनर अनील शाह र आशिफ शेखले समान २७ रन बनाएर राम्रो शुरुवात दिलाएका थिए ।

त्यसै गरी कुसल मल्ल ३० र कुसल भूर्तेल २० रनमा आउट भएका थिए । दिपेन्द्र सिंह ऐरीले अविजीत १८ रन जोडे । कप्तान रोहित पौडेल २ रनमा आउट भएका थिए ।

ओमनका सोर्ईब खानले ४५,रफुल्लाहले ३३ रन बनाएका थिए ।

पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित नेपाल दोस्रो खेलमा जीत निकाल्न सफल भएको हो ।

यस सिरिजमा नेपालले अर्को खेल मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी