भारत र बंगलादेशबीचको टेस्ट बर्षाले प्रभावित, तेस्रो दिनको खेलपनि रद्ध

भारत र बंगलादेशबीचको टेस्ट बर्षाले प्रभावित, तेस्रो दिनको खेलपनि रद्ध

  • आइतवार, अशोज १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित बनेको छ । टेस्टको तेस्रो दिन आइतबारको खेल पनि मैदान गिलो हुदा खेल रद्ध भएको छ ।

टेस्टको पहिलो दिन शुक्रबार खेल बर्षाले प्रभावित हुदा ३५ ओभर मात्र खेल भएर रोकिएपछि खेल हुन सकेको छैन ।

बंगलादेशले टस हारेर पहिला ब्याटिंग शुरु गरेको यस टेस्टमा पहिलो दिनको खेल रोकिदा ३ विकेट गुमाएर १०७ रन बनाएको छ ।

बंगलादेशका लागि मोमिनुल हक ४० रन बनाएर खेलिरहेका छन् भने मुश्फिकुर रहिम ६ रन बनाएर खेलिरहेका छन् । श्रीलंकाका कप्तान नाजमुल होसैन शान्तो ३१ रन बनाएर आउट भए भने ओपनर जाकिर हसन शुन्यमै आउट भएका थिए ।

भारतका लागि २ विकेट आकाश दीपले लिएका थिए भने एक विकेट आर आश्विनले लिए ।

पहिलो र दोस्रो दिन बर्षाले प्रभावित भएको खेल अब भोली शुरु हुने छ । आज बर्षा नभएपनि मैदान खेल्न योग्य नभएको बताइएको छ ।

२ खेलको यस सिरिजमा भारतले पहिलो खेल जितेर १-० ले अगाडी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी