काठमाडौँ । त्रिकोणात्मक टी =२० सिरिजको पहिलो खेलमा क्यानडासँग नेपाल स्तव्ध बनेको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल क्यानडासँग १४ रनले पराजित हुन पुग्यो ।
टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउदै १२३ रन बनाएको थियो ।
जवाफमा ब्याटिगं गरेको नेपाल १९ ओभरमा अलआउट हुँदै १०९ रन मात्र जोड्न सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३७ रन बनाए । कुसल मल्ल १२, देव खनाल ११ र सन्दीप लामिछानेले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
क्यानडाका लागि साद बिन जफरले सर्बाधिक २३, श्रेयस मोभ्भाले २२, प्रवीन कुमारले १९, दिलप्रित बाज्वा र अखिल कुमारले १४-१४ र नवनीत धलिवालले १३ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सन्दीप लामिछाने र सोमपाल कामीले ३-३, रजिन ढकाल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।
यो हारसँगै नेपाल त्रिकोणात्मक सिरिजमा एक शुन्यले पछि परेको छ । नेपाल एक दिवसीयको पनि दुबै खेलमा क्यानडासँग पराजित भएको थियो ।