बूढा र रोकायलाई ‘नइ कपिल विद्यापदक’

बूढा र रोकायलाई ‘नइ कपिल विद्यापदक’

  • शुक्रबार, अशोज ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौँ । नइ प्रकाशनले २०८० सालको बाह्र कक्षाको परीक्षामा बाजुरा जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री विपनाकुमारी बूढालाई तीस हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । मालिका माध्यमिक विद्यालयकी छात्रा बूढालाई ३।२१ जिपिए प्राप्त भएको थियो ।

यसै गरी सोही परीक्षामा हुम्ला जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री नन्दादेवी रोकायलाई तीस हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । सीता माध्यमिक विद्यालयकी छात्रा रोकायलाई ३।१५ जिपिए प्राप्त भएको थियो ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

‘नइ कपिल विद्यापदक’ सुप्रसिद्ध मनोरोग तथा नसा विशेषज्ञ डा।कपिलदेव उपाध्यायका सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो ।

नइ प्रकाशनले नेपालका विभन्न दुर्गम भूभागका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वोत्कृष्ट हुने एकएक जना छात्रालाई हरेक वर्ष जनही तीस हजार रुपियाँ राशिसहित विद्यापदकले पुरस्कृत गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी