बिरगंजमा पौडी प्रतियोगिताको जुनियरमा प्रथम सनलाइट मावि र सिनियरमा साउथजोन मावि बिजयी

बिरगंजमा पौडी प्रतियोगिताको जुनियरमा प्रथम सनलाइट मावि र सिनियरमा साउथजोन मावि बिजयी

  • बुधबार, अशोज ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

बिरगंज। बिरगंजमा पहिलोपटक निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल पौडी प्रतियोगिता आज स्वीमिङ्ग पुलमा सम्पन्न भएको छ।

निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल पर्साका अध्यक्ष पुरन प्रधान र महानगरपालिका अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षता तथा पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान जोशीको प्रमुख आतिथ्यमा सो पौडी प्रतियोगिता सम्पन्न भएको हो । प्रमुख अतिथि जोशीले पर्सा जिल्लामा पहिलोपटक निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपालले आयोजना गरेकोमा आफुलाई धेरै खुशी लागेको बताए ।

निजी बिधालयले गुणस्तरीय शिक्षा संगसंगै अतिरिक्त क्रियाकलापमा समेत अगाडि बढाउने काममा ध्यान दिएको जसमा यो पौडी प्रतियोगिता रहेको छ उनलेे भने विद्यार्थीहरुको बौद्धिक विकासका लागि प्याब्सनले धेरै राम्रो काम गरिरहेको बताएका छन् ।

त्यसैगरी प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामाले निजी बिधालयले विद्यार्थीहरुको चौतर्फी विकास कसरी गर्ने भन्ने बारेमा दिन रात लागि परेको बताएका छन् । अभिभावकहरुलाई केवल शिक्षा मात्र नभएर अन्य क्रियाकलापमा समेत विद्यार्थीहरुलाई अगाडि बढाउने काम गरिरहेको छ भन्ने अनुभुती होस् भन्ने हाम्रो चाहाना रहेको बताए ।

कार्यक्रममा प्याब्सनका मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी ,प्रदेश सल्लाहकार लालबाबु पटेल ,प्रदेश सल्लाहकार मीन पाख्रिङ्ग,प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी ,उपाध्यक्ष शिवजी गुप्ता सल्लाहकार हरिश्याम ठाकुर ,सदस्य सुशीला साह,प्रविन चौधरी ,साउथजोन माविका डाइरेक्टर सुर्यमाया खड्का चौधरी ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, फोनिज कोषाध्यक्ष सन्तोष रन्जितकार ,पत्रकार दिपक चौरसिया,प्याब्सन जिल्ला सचिव राहुल श्रीवास्तव,मुनलाइट माविका डाइरेक्टर शुलभ केसी ,अमित आलोक, लगायतको उपस्थित रहेको थियो ।

पौडी प्रतियोगितामा प्याब्सन संग आबद्ध भएका २० वटा बिधालयबाट एक जना सिनियर र एक जना जुनियर विद्यार्थीहरुको सहभागी रहेको थियो ।

जसमा सिनियर तर्फ प्रथम साउथजोन माध्यमिक बिधालय दोस्रो मुनलाइट माध्यमिक बिधालय ,तेस्रो नवदिप एकेडेमी र सान्त्वना जीवन ज्योति मावि ,सनराइज मावि ,बुलु मावि र जुनियर तर्फ प्रथम सनलाइट माध्यमिक बिधालय ,दोस्रो सनसाइन मावि ,तेस्रो ज्ञानन्दा एकेडेमी र सान्त्वना मास्कोट मावि ,बिकन मावि ,सफल एकेडेमी भएको प्याब्सन जिल्ला अध्यक्ष पुरन प्रधानले जानकारी दिनुभएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी