दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको कीर्तिमानी दोस्रो जित, सिरिजमा कब्जा

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको कीर्तिमानी दोस्रो जित, सिरिजमा कब्जा

  • शनिबार, अशोज ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौँ । अफगानिस्तानले जारी एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकालाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई १७७ रनको फाराकिलो अन्तरले पराजित गर्दै सिरिजमा २-० को जित हासिल गरेको हो ।

अफगानिस्तानले दिएको ३१२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३४.२ ओभरमा १३४ रन बनाउदा अल आउट भएपछि खेल अफगानिस्तानले १७७ रनले जितेको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमाले सर्बाधिक ३८ रन बनाए भने टोनी डि जोर्जीले ३१ तथा एडेन मार्क्रमले २१ रन बनाएका थिए । दक्षिण अफ्रिकाको ब्याटिंग लाइन ध्वस्त गर्न अफगानिस्तानका राशिद खानले सर्बाधिक ५ विकेट लिएका थिए । राशिदले ५ ओभरमा एक मेडनसहित १९ रन दिएर ५ विकेट लिएका थिए । राशिद आफ्नो जन्मदिनको अवसरमा पाँच विकेट लिएका छन् । त्यस्तै अर्का बलर नान्गेयालिया खारोटेले ४ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले रह्मतुल्लाह गुर्बाजको १०५ रनको शतकीय पारी र अज्मतुल्लाह ओमारजाईको ८६ रनको योगदानमा ५० ओभरमा ४ विकेट गुमाएर ३११ रन बनाएको थियो ।

यो जित सँगै अफगानिस्तानले ३ खेलको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । यस अघि पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो पटक एकदिवसीय खेल जितेर किर्तिमान बनाएको अफगानिस्तानले दोस्रो खेल पनि जितेर दक्षिण अफ्रिकाविरुद्ध पहिलो सिरिज पनि जितेको छ ।

अब सिरिजको तेस्रो तथा अन्तिम खेल आइतबार हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी