मधेश युनाईटेडले एभरेष्ट महिला भलिवल लिग आयोजना गर्ने

मधेश युनाईटेडले एभरेष्ट महिला भलिवल लिग आयोजना गर्ने

  • बिहिबार, अशोज ३, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

बिरगंज । मधेस युनाइटेडले २५ लाखको लागतमा पहिलोपटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट महिला भलिबल असोज १४ गतेदेखि १९ गतेसम्म त्रिपुरेश्वर कभर्डहलमा आयोजना हुदै छ ।
नेपाली भलिबलको इतिहासमा पहिलोपटक आयोजना हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट महिला भलिबल लिगको लागि मधेस युनाइटेडको टयालेन्ट हन्ट लिगको रनिङ ट्रफी टुर कार्यक्रम हुन लागेको आज स्थानीय होटल मकालुमा पत्रकार सम्मेलनमार्फत संज्ञा श्रेष्ठले जानकारी दिएकी थिइन् ।

उनले भने आगामी असोज १४ गतेदेखि १९ गतेसम्म इन्फिनिटि ड्रिम्सको आयोजना काठमाडौंको त्रिपुरेश्वर कभर्डहलमा पहिलोपटक संस्कारणको एभरेष्ट महिला भलिबल लिग आयोजना हुन लागेकोमा मधेस स्पोर्ट्सको स्वामित्वमा रहेको मधेस युनाइटेडले पनि प्रतिस्पर्धा गर्न लागेको सो पत्रकार सम्मेलनमा श्रेष्ठले बताए। करिब २० देखि २५ लाख खर्च हुने अनुमान गरिए बताएकी छिन् ।

एभरेष्ट प्रिमियर लिगमा एक टिममा १२ खेलाडी रहने भएकोले मधेसको टिममा ११ खेलाडी रहेकोमा ८ नेपाली ३ विदेशी खेलाडी रहेका छन् ।लिग खेल्न हरेक टिममले आफ्नो स्थानीय क्षेत्र बाट एक खेलाडी टयान्लेन्ट हन्ट मार्फत टिममा राख्नु पर्ने भएकोले मधेस युनाइटेडले मधेस क्षेत्रका प्रतिभा खेलाडीहरुको पहिचान गर्न असोज ४ गते बीरगंजको ज्ञानदा एकेडेमी स्कुलमा टयालेन्ट हन्ट कार्यक्रम हुन लागेको बताए ।
मधेस युनाइटेडका मुख्य प्रशिक्षक भरत यादवले बताए अनुसार टयान्लेन्ट हन्ट बाट उत्कृष्ट छानिएका एक खेलाडीलाई लिगका लागि मधेस युनाइटेडको टिममा समावेश गरिने बताएका छन्। ३ विदेशी खेलाडी अनुबन्ध गर्ने मधेस युनाइटेड पहिलो टिम जसमा काजकिस्तानकी आउटसाइट हिटर कालिनोभा यभजेनिया, टयुनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनी र भारतीय भलिबल टिमकी कप्तान तथा सेटर जिनी कोभात छन् ।

नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य निरुता ठगुन्ना मधेस युनाइटेडको मार्की प्लेअर रहेका छन् । मधेस युनाइटेड बाट निरुता ठगुन्ना,संगम महतो,शान्तिकला तामाङ ,पुजा थारू ,जसना महतो,हिरा केसी ,एलिसा मानन्धर ,आशिका क्षेत्री ,र विदेशी खेलाडीहरु कालिनोभा यभजेनिया ,योस्राजेरामदिनी, जिनीकोभात रहेको पत्रकार सम्मेलनमा प्रयोजनका संजय अग्रवालले बताएका छन् ।
उनले बताए अनुसार यो ६ वटा जिल्लामा हुदैछ जसमा काठमाडौं ,मधेस प्रदेश ,गण्डकी ,कणर्ली,चितवन ,ललितपुर रहेको छ। पहिलोपटक यो महिला भलिबल फ्रेन्वाइज लिग गर्न लागेको बताएका छन् । पत्रकार सम्मेलनमा रोहित अग्रवाल ,संजय अग्रवाल ,बिशाल अग्रवाल ,अनुज रुङता,दिपेश अग्रवाल लगायतको उपस्थित रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी