काठमाडौँ । अमेरिका लिग सकर अन्तर्गत इन्टर मियामी बराबरीमा रोकिएको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामी एटलान्टा युनाइटेडसँग २(२ गोलको बराबरीमा रोकिएको हो ।
यस खेलमा इन्टर मियामीका लागि डेभिड रुइज र लियोनार्दो काम्पानाले एक एक गोल गरेका थिए । त्यस्तै एटलान्टाका लागि साबा लोब्जहानिडज र अलेक्सेई मिरान्चुकले एक एक गोल गरेका थिए ।
यो जितपछि इन्टर मियामी इस्टर्न कन्फेरेन्समा २९ खेलमा ६३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै एटलान्टाको भने २९ खेलमा ३२ अंक रहेको छ ।
म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो
म्यानचेस्ट सिटीले युइएफए च्याम्पियन्स लिगमा औसत शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले इन्टर मिलानसँग बराबरीमा रोकिएको छ ।
म्यानचेस्टर सिटी र इन्टर मिलान गोलरहित बराबरी खेलेका हुन् । खेल बराबरी भएपछि दुवैले एक एक अंक बाँडेका छन् ।
अब म्यानचेस्टर सिटीले अर्को खेल स्लोभान ब्राटिसलाभासँग अक्टोबर २ मा खेल्ने तालिका रहेको छ भने इन्टर मिलानले अर्को खेल अक्टोबर २ मा क्रेभेना भेजडासँग खेल्ने तालिका रहेको छ ।