काठमाडौं : मिस युनिभर्स नेपालको ताज सम्पदा घिमिरेले जितेकी छन्। २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै २७ वर्षीया सम्पदाले मिस युनिभर्सको ताज पहिरिएकी हुन्। सम्पदाले मेक्सिकोमा हुने ७३औं मिस युनिभर्स ग्लोबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्।
ललितपुरको गोदावरीस्थित कनभेन्सन सेन्टरमा भएको फिनालेमा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करिन मुर्रे र चौथो रनरअर सुजल बम भए।
अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिङको काम पनि गर्दै आएकी सम्पदा मोडलिङ पनि गर्दै आएकी छन्।
ग्लोबल ग्ल्यामर भेन्चर प्राइभेट लिमिटेडले आयोजना गरेको प्रतियोगितामा २२ प्रतिस्पर्धी सहभागी थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline