त्रिकोणात्मक सिरिजका लागि क्यानडा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई

त्रिकोणात्मक सिरिजका लागि क्यानडा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई

  • मङ्लबार, भदौ २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं । क्यानडामा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ। नेपाल क्रिकेट संघले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेको हो।

क्यानले रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोलीको घोषणा समेत गरिसकेको छ। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन्।

बिदाई कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सबै खेलाडीले आफ्नो भूमिकालाई बुझ्दै राम्रो क्रिकेट खेल्ने बताए। उनले नेपाली टीमका लागि भएको प्रशिक्षण पनि राम्रो भएकाले नजिता पनि राम्रो आउने दाबी गरे।

त्यस्तै नेपाली टोलीका लेग स्पीनर सन्दीप लामिछाने अहिलको सिरिज निकै महत्वपूर्ण भएकाले राम्रो खेल देखाउने बताए। नेपालको एकदिवसीय खेलमा करिब एक वर्षपछि फर्कने मौका पाएको भन्दै उनले यसको सदूपयोग गर्ने उनको भनाइ छ।

त्यस्तै क्रिकेट संघका सचिव पारस खड्काले लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने टोली दुई महिना देश बाहिर रहने र क्यानडामा एकदिवसीय म्याच सकिएपछि टि ट्वान्टी सिरिज हुने जानकारी दिए। नेपाल बाहिरको एकदिवसीय क्रिकेटको रेकर्डलाई थप उत्कृष्ट बनाउने उनको विश्वास छ। खड्काले क्यानडामा लिग टूको सिरिज खेलेपछि नेपाली टोली अमेरिका जाने भन्दै आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए। सन्दीप लामिछानेको अमेरिकाको भिसाका विषयमा सकारात्मक सिग्नल आएको उनको भनाइ छ।

त्रिकोणात्मक एकदिवसीय सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ। त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ। तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ। एकदिवसीय सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुने क्यानले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी