प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार

प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार

  • सोमवार, भदौ २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तकपछि गौतमको उपन्यास अद्वैतलाई यो सम्मान दिने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् ।

प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुन् । प्रा. गौतमका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित रहेका छन् ।

त्यस्तै नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहेका साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई पद्मश्री साधना सम्मान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । चामलिङ भारतको सिक्किम राज्यमा पुर्व मुख्यमन्त्री हुन् । उनी सिक्किमको २४ बर्ष मुख्यमन्त्री बनेका थिए ।

त्यस्तै समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गरेका त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदूत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिएको छ ।

यी तिनै पुरस्कारको राशी जनही रु ३ लाख तथा सम्मान पत्र रहेको प्रतिष्ठानले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी