आफू र देउवाले भाषण गर्दा गर्दै टुडिखेलमा नाराबाजी भएपछि प्रधानमन्त्री आक्रोशित, चुप लागेर नबस्ने चेतावनी

आफू र देउवाले भाषण गर्दा गर्दै टुडिखेलमा नाराबाजी भएपछि प्रधानमन्त्री आक्रोशित, चुप लागेर नबस्ने चेतावनी

  • शुक्रबार, भदौ १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

भदौ १४ काठमाण्डौँ । प्रधानमन्त्री केपी ओलीले अशान्ति र अराजकता मच्चाउन खोज्ने तत्वहरूको अवान्छित गतिविधिहरूप्रति सरकार सजग रहेको र कडाइका साथ नियन्त्रण गरिने बताएका छन् । टुँडिखेलमा प्रधानमन्त्री र कांग्रेस सभापतिविरुद्ध नाराबाजी गर्ने युवाहरू पक्राउ परेको अवस्थामा ओलीले पार्टी बैठकमा यस्तो बताएका हुन् ।

गौरापर्वका अवसरमा टुडिखेलमा आयोजित समारोहलाई संवोधन गर्दा सहभागी युवाहरुले ओली चोर देश छोड्, देउवा चोर जस्ता नारा लगाएपछि कार्यक्रममै पनि ओली आक्रोशित देखिन्थे । तर त्याहाँ केही संयम देखिएका ओलीले पार्टी बैठकमा भने नियन्त्रणको चेतावनी दिएका हुन् ।

काँग्रेस सभापति देउवाले भने बदमासहरु भन्दै कार्यक्रममा मञ्चबाटै युवाहरुलाई थर्काएका थिए ।

उता धनगढीमा पनि सभापति देउवा र आरजु राणा बिरुद्ध फेसबुकमा स्टाटस लेखेको आरोपमा दुई युवा पक्राउ परेका थिए । उनीहरुलाई पछि छाडिएको छ ।

पार्टी केन्द्रीय सचिवालयको बिहीबारको बैठकमा विश्व राजनीतिक परिस्थिति र नेपालको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्दै ओलीले बंगलादेश र श्रीलंकाजस्ता देशमा भएका घटनाबाट अराजकतावादी उत्साही भएको बताए ।

लोकतन्त्रविरोधी तत्वहरूले मूलधारका नेतामाथि सार्वजनिक रूपमा गालीगलौज गर्ने, आरोप लगाउने र कार्यक्रम नै बिथोल्नेजस्ता अवान्छित गतिविधि गर्न खोजेको भन्दै ओलीले त्यसलाई सरकार र पार्टीले एकैसाथ प्रतिवाद गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी