नेपालको लक्ष्य साफ यू–२० को उपाधी सुरक्षित गर्ने

नेपालको लक्ष्य साफ यू–२० को उपाधी सुरक्षित गर्ने

  • मङ्लबार, भदौ ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको फाइनल खेलमा बुधबार नेपाल र बंगलादेश भिडदैछन्। फाइनल खेल सातदोबाटोस्थित एन्फा कप्लेक्समा दिउसो साढे दुई बजे सुरु हुनेछ। नेपाल र बंगलादेश दुवै टोली पहिलो पटक साफ यु(२० च्याम्पियनसिपको उपाधि हात पार्ने रणनीतिका साथ मैदान उत्रने तयारीमा छन्।

फाइनल अघि मंगलबार एन्फा कप्लेक्समा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली यु(२० राष्ट्रिय टोलीका कप्तान कुशल देउवाले फाइनलको तयारी निकै राम्रो भइरहको बताए। उनले बंगलादेशसँग समूहचरणमा निकै राम्रो खेल खेलेको भन्दै फाइनलमा पनि बलियो रणनीतिका साथ मैदान उत्रने बताए।

त्यस्तै नेपाली यु-२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यसअघिका सबै खेलका साथै अभ्यास पनि एन्फा कप्लेक्समा भएका कारण फाइनल सोही मैदानमा खेल्न थप सहज हुने बताए। फाइनलको दबाब झेल्न नेपाली टीम तयार रहेको उनको भनाइ छ।

त्यस्तै बंगलादेशका कप्तान र प्रशिक्षकले पनि फाइनलका लागि पूर्णरूपमा तयार रहेको बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ