भदौ ८ काठमाण्डौँ । पूर्व पर्यटनमन्त्री एवं माओवादी केन्द्रका नेता तथा नुवाकोटका सांसद हित बहादुर तामाङको “ राज्यको रुपान्तरण” नामक पुस्तक प्रकाशित भएको छ ।
उक्त पुस्तकको बिमोचन शनिबार माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले गर्नु भयो ।
यो पुस्तकमा तामाङले आफ्नो राजनीतिक भोगाईदेखि नेपालको क्रान्ति, परिवर्तन र आन्दोलनहरुका उपलव्धि युवा विद्यार्थीको दायित्वका बारेमा बिबेचना गर्नु भएको छ
यस पुस्तकको मन्तव्य पनि अध्यक्ष प्रचण्डले लेख्नु भएको छ , जसमा नेपालको बर्ग संघर्ष र विभिन्न आन्दोलनहरुको यथार्थता पुस्तकमा भएको चर्चा उहाँले गर्नु भएको छ ।
साथै नेपालको आदिवासी आन्दोलन र जनजातिहरुको हक अधिकारका बारेमा पनि यसमा बिबेचना गरिएको छ ।
प्रकाशकले पनि नेता तामाङ शालिन, भद्र, समाजसेवी र देशभक्त ईमान्दार नेता र काम र नाम उस्तै भएको नेताको रुपमा व्याख्या गरेका छन् ।
युद्धमा खेलेका विभिन्न भूमिकादेखि भारतमा ६० सालमा परेको जेल र यातनाका बारेमा पनि तामाङले आफ्नो संस्मरणहरु पुस्तकमा समावेश गर्नु भएको छ ।
ताम्सालिङ नलेज सेन्टरले प्रकाशित गरेको यो पुस्तक अहिले बजारमा धमाधम बितरणको काम भईरहेको जनाईएको छ ।
