महिला टी- २० विश्वकप युएईमा हुने, आयोजक बंगलादेशनै रहने

महिला टी- २० विश्वकप युएईमा हुने, आयोजक बंगलादेशनै रहने

  • बुधबार, भदौ ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौँ । आइसीसी महिला टी- २० विश्वकप, २०२४ युएईमा हुने भएको छ । यस अघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप अब युएईमा हुने भएको आइसीसीले जानकारी दिएको छ ।

अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी-२० विश्वकप युएईको दुबई र शारजाहमा हुने भएको छ ।

आइसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बंगलादेशबाट युएईमा सरेको दिदै आयोजक भने बंगलादेश क्रिकेट बोर्डनै रहने जानकारी दिएको छ ।

बंगलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठन पछि जारी गरिएका कैयौं प्रतिबन्धका कारण प्रतियोगिता युएई सारिएको आइसीसीले जनाएको छ ।

यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इङल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलंका रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी