काठमाण्डौ। उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगको लाइन काटेर बस्नु भनेको घाँटी काट्नु सरह भएको बताएका छन्।
शनिबार नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा उनले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीहरूलाई अन्य कारबाही गर्ने व्यवस्था रहेको बताउँदै विद्युत प्राधिकरणले अन्तिम निर्णायमा लाइन नै काटेको आरोप लगाए।
उनले अन्य काम गर्दा पनि प्राधिकरणले तालमेल मिलाएर गर्न नसकेको बताए। तालमेल मिलाएर काम गर्न नसक्दा बनिसकेका आयोजनाको बिजुली खेर गइरहेको उनले सुनाए।
मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन दिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline