दशरथ रंगशालाको बेहालः अन्तराष्ट्रिय स्तरको खेल हिलाम्मे मैदानमा

दशरथ रंगशालाको बेहालः अन्तराष्ट्रिय स्तरको खेल हिलाम्मे मैदानमा

  • मङ्लबार, साउन २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, साउन २९ गते । एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ ।

दशरथ रङ्गशालामा मङ्गलबार साँझ भएको खेलमा चर्च ब्वाइज पारोसँग २–१ गोलले पराजित भयो । निरन्तर झरीका कारण हिलाम्मे मैदानमा सुरुवाती अग्रता लिएपनि चर्च ब्वाइज स्तब्ध बन्यो ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको खेलमा पारोले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो । जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ । खेलमा सुरुवाती अग्रता चर्च ब्वाइजले लियो ।

३८औँ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै अग्रता दिलाएका थिए तर, लगत्तै पारोका कर्मा क्षेत्रीमले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि ६७औँ मिनेटमा विलियम ओपोकुले गोल गर्दै पारोलाई जिताउदै समुह चरणमा पुर्याएका छन् ।

सरकार, एन्फा र राष्ट्रिय खेलकुद परिषद्को लापरबाहीले नेपालको एक मात्र अन्तराष्ट्रिय रंगशालाको बिजोग भएको छ । एएफसीले यस अघि पनि अन्तराष्ट्र्रिय प्रतियोगीता गर्न योग्य नभएको भनेपछि नेपालले विश्वकप छनौट अन्य देशमा खेल्नु परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ