एएफसी च्यालेन्ज लिग : नेपालको चर्च ब्वाईजले भुटानको पारोसँग आज भीड्दै

एएफसी च्यालेन्ज लिग : नेपालको चर्च ब्वाईजले भुटानको पारोसँग आज भीड्दै

  • मङ्लबार, साउन २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

साउन २९ काठमाण्डौँ । एएफसी च्यालेन्ज लिग प्लेअफमा आज नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसी भिड्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ।

दशरथ रगंशालाले एक वर्षका लागि मान्यता पाएको छ। एक वर्षका लागि अन्तर्राष्ट्रिय मान्यता जोगिएसँगै पहिलो पटक चर्च ब्वाइज र पारो दशरथ रगंशालामा भिड्न लागेका हुन्। सिंगल राउण्डमा हुने यो खेलको विजेताले सिधै च्यालेन्ज लिगको समूह चरणमा स्थान बनाउनेछ। यस्तै समूह चरणमा स्थान बनाउने टोलीले १ लाख अमेरिकी डलर पाउनेछन्।

घरेलु मैदानमा घरेलु समर्थकका माझ चर्च ब्वाइज उत्कृष्ट प्रर्दन गर्ने योजानमा छ। अधिकांस राष्ट्रिय टोलीका खेलाडीले भरिएका चर्च ब्वाइज पारोलाई हराउँदै समूह चरणमा स्थान बनाउने योजनामा छ। लिगका लागि चर्च ब्वाइजले तिन विदेशी खेलाडी अनुबन्ध गरेको छ।

यद्यपी चर्च ब्वाइजका लागि पारो सहज टोली भने होइन। तीन पटक विश्वकप खेलिसकेका जापानिज केइसुकी होन्डालाई पारोले लिगका लागि अनुबन्ध गरेको छ।

उनीसँगै नेपाली लिगका अनुभवी विलियम ओपुकुसहित ११ विदेशी खेलाडीको साथमा पारो पनि बलियो बनेर नेपाल आएको छ।

अघिल्लो सिजन नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँग पराजित हुँदै पहिलो चरणमा नै रोकिएको पारो यो पटक जीत निकाल्न चाहन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ