अझ धेरै समावेशी बन्दै मिस युनिभर्स नेपाल

अझ धेरै समावेशी बन्दै मिस युनिभर्स नेपाल

  • सोमवार, साउन २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, २८ साउनः मिस यूनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले आइतवार हिल्टन काठमाडौंमा शीर्ष २५ प्रतियोगीहरुको स्यास सेरेमोनी सफलतापूर्वक सम्पन्न गरेको छ । प्रारम्भिक राउण्डबाट छनोट भएका ६० प्रतियोगीहरूमध्ये २५ जना प्रतियोगीलाई मिस युनिभर्स नेपालको नेसनल डाइरेक्टर संगीता पुरी र कोरियोग्राफर दिक्पाल कार्किले सास वितरण गरेका हुन् ।
यसपालीको मिस युनिभर्स नेपाल २०२४ मा बोल्न र सुन्न नसक्ने प्रतियोगी सुजल बमको पनि सहभागीता रहेको छ । त्यस्तै ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय नेपाली महिला र डाक्टर, इन्जिनियर र पाइलटलगायत विभिन्न पेशाका महिलाहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको छ ।

कार्यक्रममा प्रतियोगी सम्पदा घिमिरेलाई नम्बर १, छोतेन फुन्ट्सोलाई नम्बर २, श्रीयङ्का थापालाई ३, अनुष्का वस्तीलाई ४, सुजल बमलाई ५, नेहा चौधरीलाई ६, मनिषा परियारलाई ७, स्मृति सिंहलाई ८, एलिना गुरुङलाई ९, रेनाता कट्टेललाई १०, तुलसा नेपाललाई ११, नियुक्ती अर्जाललाई १२, ऋतिषा मानन्धरलाई १३ नम्बरको स्यास वितरण गरिएको छ । त्यसै गरी पूजा बाँस्तोलालाई १४, खुसी दत्तराजलाई १५, आयुषा कार्कीलाई १६, अस्मि ढकाललाई १७, शिवानी कर्णलाई १८, गजल कर्णलाई १९, करेन मुर्रेलाई २०, संयुक्ता मल्ललाई २१, अक्षिता चेट्टीलाई २२, नितु पुनलाई २३, ताशी गुरुङलाई २४, समृद्धि केसीलाई २५ स्यास वितरण गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथी निना उपाध्यायले कार्यक्रममा मिस युनिभर्सका सबै प्रतियोगीलाई कार्यक्रममा सहभागिता जनाएकोमा धन्यवाद व्यक्त गर्दै आफूले १३ वर्षको हुँदा महिला सशक्तिकरणको कुरा गर्दा जेल जानुपरेको प्रसँगलाई जोडिन् ।
यी शीर्ष २५ प्रतिस्पर्धीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम् पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिस लगायत अन्य राष्ट्रिय प्रशिक्षकहरुले व्यक्तित्व विकास, वाक–कला, पब्लिक स्पिकिंग, वित्तीय व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाउनेछन् ।

मिस यूनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्वरमा मेक्सिकोमा हुने मिस यूनिभर्स २०२४ को लागि १०० देशका प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी