बंगलादेश, श्रीलका र नेपालका नागरिक अगुवाद्धारा सँयुक्त रुपमा कुनै पनि देशको आन्तरीक मामिलामा हस्तक्षेप नगर्न भारतलाई आव्हान्

बंगलादेश, श्रीलका र नेपालका नागरिक अगुवाद्धारा सँयुक्त रुपमा कुनै पनि देशको आन्तरीक मामिलामा हस्तक्षेप नगर्न भारतलाई आव्हान्

  • शुक्रबार, साउन २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

साउन २५ काठमाण्डौँ । बंगलादेश, नेपाल र श्रीलंकाका पाँच नागरिक अगुवाले यी मुलुकको राजनीतिमा भारतीय हस्तक्षेप बन्द गर्न आह्वान गरेका छन्।

ढाकाबाट प्राध्यापक फिरदौस अजिम र अध्येता मन्जुर हसन, काठमाडौँबाट लेखक कनकमणि दीक्षित र मानवअधिकारकर्मी सुशील प्याकुरेल तथा श्रीलंकाबाट सामाजिक कार्यकर्ता लक्ष्मण गुणसेखरले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन्।

‘दशकौँदेखि कोलम्बो, ढाका र काठमाडौँमा नयाँ दिल्लीको राजनीतिक, प्रशासनिक र गुप्तचरहरूको हस्तक्षेपले हाम्रो मुलुकमा अन्त्यहीन राजनीतिक अस्थिरतालाई बढावा दिनुका साथै निरंकुश शासनलाई सशक्त बनाउने गरेको छ,’ उनीहरूले शुक्रबार जारी गरेको वक्तव्यमा भनिएको छ।

भारतको हस्तक्षेपले छिमेकमा लोकतन्त्रलाई कमजोर पारेको र तिनको सामाजिक–आर्थिक विकासमा बाधा पु¥याएको उनीहरूको भनाइ छ। जुन पञ्चशीलको सिद्धान्त र नरेन्द्र मोदी सरकारको ‘छिमेक पहिलो’ नीतिविरुद्ध समेत रहेको उनीहरूले उल्लेख गरेका छन्।

बंगलादेशमा भारतले शेख हसिनाको निरंकुश शासनलाई सबल बनाउन सक्रिय भूमिका खेलेको र श्रीलंकाको राजनीतिमा हात हालेको, भारतीय व्यापारिक घरानाहरूलाई प्रबद्र्धन गरेको उनीहरूको आरोप छ।

नेपालमा राजनीतिकर्मी र कूटनीतिज्ञका अलावा अहिले गुप्तचर निकाय र हिन्दुत्व कार्यकर्ताको माध्यमबाट पनि भारतले हस्तक्षेप गरिरहेको उल्लेख छ।

यी तीनवटै मुलुकमा चिनियाँ लगानीबाट भारत डराएको भन्दै यी मुलुकको आफूखुसी बेइजिङसँग सरोकार राख्ने सार्वभौम अधिकारलाई नयाँ दिल्लीले स्वीकार गर्नुपर्ने बताइएको छ।

‘मालदिभ्स र भुटानले पनि भारतीय हस्तक्षेप भोगिरहेको उल्लेख गर्दै पाकिस्तान र भारतको दुस्मनीले यो क्षेत्रका सबै उन्नतिको एजेन्डा बन्धक बनाएको उनीहरूले बताएका छन्।

‘भारतले दक्षिण एसियाका जनताको लोकतान्त्रिक आकांक्षाहरूलाई समर्थन गर्नुपर्छ र उनीहरूलाई आआफ्नो बाटो निर्माण गर्न दिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी