काभा महिला भलिवलको उपाधीका लागि नेपालले आज भारत बिरुद्ध खेल्दै

काभा महिला भलिवलको उपाधीका लागि नेपालले आज भारत बिरुद्ध खेल्दै

  • बुधबार, साउन २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं साउन २३ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स नेसन्स लिग महिला भलिबल प्रतियोगिताको फाइनलमा नेपालले आज उपाधीका लागि भारत बिरुद्ध खेल्दै छ। मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराउँदै नेपालले फाइनलमा स्थान बनाएको थियो भने भारतले श्रीलंकालाई पराजित गर्दै उपाधीका लागि स्थान सुरक्षित बनाएको थियो ।
नेपालले यसअघि राउन्ड रोबिन लिगमा भारतलाई पराजित गरिसकेको छ। यसअघि दक्षिण एसियामा दबदबा बनाउँदै आएको भारतलाई पहिलो पटक हराएको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टोली उत्कृष्ट मनोबलमा रहेको छ । यो युवा टोलीलाई यस पटक उत्कृष्ट रणनीतिमा खेलाईरहेका छन् प्रशिक्षण जगदिश भट्टले । उनी यस पटक जसरी पनि उपाधी जितेर ईतिहास रच्ने योजनामा छन् ।
२०१९ को फाईनलमा नेपाल भारतसँग नै पराजित भएकाले यस पटक बदला सहित उपाधी हात पार्ने अवसर रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी