बिद्युत प्राधिकरणमा कुलमानलाई तनाव दिँदै सरकार, बक्यौता उठाउनु पर्ने पक्षका सञ्चालक सदस्यलाई हटाएर नयाँ नियुक्त

बिद्युत प्राधिकरणमा कुलमानलाई तनाव दिँदै सरकार, बक्यौता उठाउनु पर्ने पक्षका सञ्चालक सदस्यलाई हटाएर नयाँ नियुक्त

  • आइतवार, साउन २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

साउन २० काठमाण्डौँ । सरकारले बिद्युत प्राधिकरणलाई सफलताको शिखर चुमाउन सफल भएर लोकप्रिय बनेका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि तनाव थप्दै लगेको छ । आफू प्रधानमन्त्री भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुलीको बिल नतिर्ने उद्योगीको लाईन जोड्न आदेश दिएका प्रधानमन्त्री मातहत रहेका उर्जामन्त्री काँग्रेसका दिपक खड्काले प्रौधिकरणका दुई जना बोर्ड सदस्यलाई हटाएर नयाँ नियुक्त तत्कालै गरेका छन् ।
सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई कार्यकारी निर्देशक कुलमान घिसिङले बैठकमा बोलाएका छन् । पुन र आचार्यलाई हालै मात्र सरकारको ठाडो आदेशमा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो ।

सरकारले तत्कालै पूर्वऊर्जा सचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नेपाल विद्युत प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहका अनुसार साउन १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार प्राधिकरण सञ्चालक सदस्यमा नियुक्त गरिएको हो।

कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् । गुरुङ पूर्वाधार क्षेत्रका जानकार हुन् । उनले पञ्चेश्वर जलविद्युत आयोजनामा काम गरेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक संचालक समितिका सदस्य सचिव कुलमान घिसिङले भने बोर्ड अध्यक्ष रहेका उर्जा मन्त्री दीपक खड्काले गरेको निर्णयलाई चुनौति दिएका छन् । उनले आइतबार दिउंसो ४ बजे राखेको बैठकमा नवनियुक्त संचालकहरुलाई निम्ता नगरी वर्खास्तमा परेका संचालकहरुलाई नै उपस्थितिको लागि खबर गरेका छन् । यद्धपी यो समाचार लेख्दासम्म प्राधिकरणको वोर्ड वैठक भने शुरु भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी