काभा नेसन्स भलिवल लिग आजबाट काठमाण्डौँमा शुरु हुँदै, नेपालले उदुघाटन खेलमा श्रीलंका बिरुद्ध खेल्ने

काभा नेसन्स भलिवल लिग आजबाट काठमाण्डौँमा शुरु हुँदै, नेपालले उदुघाटन खेलमा श्रीलंका बिरुद्ध खेल्ने

  • बिहिबार, साउन १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

साउन १७ काठमाण्डौँ । काभा नेसन्स लिग भलिबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले आज श्रीलंकाविरुद्ध खेल्दैछ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। आजै हुने दोस्रो खेलमा भारत र इरान खेल्नेछन्। सो खेल आज साँझ पौने ६ बजे सुरु हुनेछ।

लगातार दोस्रो पटक घरेलु मैदानमा काभा नेसन्स लिग खेल्न लागेको नेपाली टोली उच्च मनोबलमा छ।

लिगको दोस्रो खेलमा नेपालले १९ गते शनिबार भारतसँग, साउन २० गते आइतबार इरान र लिग चरणको अन्तिम खेलमा साउन २१ गते सोमबार मालदिभ्ससँग खेल्नेछ।

पाँच टोली सहभागी लिगको शीर्ष स्थानमा रहने चार टोलीले सेमिफाइनल खेल्नेछन्।

पहिलो सेमिफाइनलमा अंक तालिकाको शीर्ष र चौथो स्थानमा रहने टोलीले खेल्नेछन्। दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले स्पर्धा गर्नेछन्। सेमिफाइनल खेल २२ गते मंगलबार हुनेछ।

फाइनल खेल साउन २३ गते बुधबार हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ