न्याय परिषद्द्धारा एकै पटक ठूलो संख्यामा न्यायधीशको सरुवा

न्याय परिषद्द्धारा एकै पटक ठूलो संख्यामा न्यायधीशको सरुवा

  • मङ्लबार, साउन १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशको सरुवा गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बेठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो।न्याय परिषद्का अनुसार, उच्च अदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरूवा गरिएको हो।

एकै कार्यथलोमा २ वर्ष अवधि पुगेकाहरूलाई सरूवा गरिएको न्याय परिषद्का अधिकारीले जानकारी दिए।
धीरबहादुर चन्द पाटनबाट राजविराज सरूवा भएका छन्। लेखनाथ पौडेल पाटनमा हाल काजमा रहेकामा पाटनमै रहने गरी सरूवा भएका छन् । जनक पाण्डे पाटनबाट सुर्खेत पुगेका छन्। पाटनकै श्यामजी प्रधान नेपालगन्ज सरूवा भएका छन्।

वासुदेव आचार्य पाटनबाट विराटनगरबाट बुटवल, मदन पोख्रेल बाग्लुङबाट सुर्खेत, ध्रुवराज नन्द पाटनबाट विराटनगर सरूवा भएका छन्।

टंकप्रसाद गुरुङ नेपालगन्जबाट पाटन, हरिप्रसाद पौडेल पाटनबाट वीरगन्ज, रामबहादुर थापा विशेष अदालतबाट सुर्खेत, राज्यलक्ष्मी वज्राचार्य विराटनगरबाट सुर्खेत, विमल सुवेदी राजविराजबाट विराटनगर पुगेका छन्।

ऋषि राजभण्डारी इलामबाट पाटन, सुदर्शनराज पाण्डे पाटनबाट पोखरा, दीपेन्द्र अधिकारी पाटनबाट बुटवल, राजुराम सिलवाल तुल्सीपुरबाट जनकपुर, मेरिना श्रेष्ठ हेटौंडाबाट पोखरा, निर्मला पौडेल भट्टराई पोखराबाट हेटौंडा, रामेश्वर रेग्मी सुर्खेतबाट पाटन सरूवा भएका छन्।

यस्तै जगदीश घिमिरे जुम्लाबाट जनकपुर, निर्मला शाक्य हेटौंडाबाट वीरगन्ज, हरिश्चन्द्र ढुंगाना र खडानन्द तिवारी वीरगन्जबाट पाटन, काजीबहादुर राइ सुर्खेतबाट इलाम, रितेन्द्र थापा विशेष अदालतबाट दीपायल, सूर्यप्रसाद पराजुली बुटवलबाट पाटन सरूवा भएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ