मुलुकमा लागुपदार्थ दुव्र्यसनमा युवापुस्ता फस्दै: मुख्यमन्त्री हिक्मतकुमार कार्की

मुलुकमा लागुपदार्थ दुव्र्यसनमा युवापुस्ता फस्दै: मुख्यमन्त्री हिक्मतकुमार कार्की

  • शनिबार, साउन १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

मोरङ, १२ साउन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज सेवामा युवाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

लायन्स क्लब विराटनगर सेन्टरको आज यहाँ आयोजित २९औँ पदस्थापना समारोहमा मुख्यमन्त्री कार्कीले युवाको माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गति, अन्धविश्वास र कुरीति प्रथालाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “राष्ट्रिय हित, सार्वभौम नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लबले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप सफलता मिलोस् ।” उहाँले मुलुकमा लागुपदार्थ दुव्र्यसनमा युवापुस्ता फस्दै भएकामा चिन्ता व्यक्त गर्नुभयो । यसबाट उनीहरुलाई मुक्त गर्न क्लबले थप सक्रियता दिनुपर्नेमा उहाँले आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले मानव समुदायलाई सुसंस्कृत, अनुशासित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक मानिसले आफ्नो, परिवार, समाज र राष्ट्रका लागि योगदान दिनुपर्छ भन्ने दायित्व बुझाउनु आवश्यक रहेको विचार राख्नुभयो ।

कार्यक्रममा सन् २०२४–२५ का लागि सेन्टरका अध्यक्ष फडिन्द्र अधिकारीलाई पदस्थापन गरिएको थियो । सेन्टरले विगत २९ वर्षदेखि सामुदायिक विद्यालय, खानेपानी, जाडोमा गरिबलाई न्यानो कपडा वितरण तथा बाढीपीडितलाई सहयोग उपलब्ध गराउदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ