श्यामदास वैष्णवको शतवार्षिकी

श्यामदास वैष्णवको शतवार्षिकी

  • शुक्रबार, साउन ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, साउन ११ ।

नइ प्रकाशनको सयो.जनमा वानीरा फाउन्डेसनले आज राजधानी काठमाडौँमा गणेशकवि श्यामदास वैष्णवको शतवार्षिकी मनायो । सो अवसरमा नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिको पनि लोकार्पण भयो ।

प्रमुख अतिथि लोकमानसिंह कार्की लगायत नीर शाह र ई।शङ्कर गिरीबाट लोकार्पित उक्त कृतिमा वैष्णवको जीवनका सम्पूर्ण दस्तावेजलाई सङ्क्षेपमा प्रस्तुत गरिएको छ ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा नीर शाह, मदनदास श्रेष्ठ, भगवती बस्नेत र नरेन्द्रराज प्रसाईले वैष्णवको जीवन र कृतिकाबारे मन्तव्य प्रकट गर्नुभयो ।

‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिमा वैष्णवको बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, उत्तम कुँवर र वानीरा गिरीसँगको अन्तरसम्बन्ध पनि सविस्तार खुलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी