आजदेखि ३३ औँ गृष्मकालीन ओलम्पिक पेरिसमा शुरु हुँदै

आजदेखि ३३ औँ गृष्मकालीन ओलम्पिक पेरिसमा शुरु हुँदै

  • शुक्रबार, साउन ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं, ११ साउन । ३३ औँ गृष्मकालीन ओलम्पिक आजदेखि फ्रान्सको राजधानी पेरिसमा शुरु हुँदैछ । पेरिस ओलम्पिकमा समावेश केही खेलहरू शुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन सेन नदीमा भव्य समारोहबिच हुन लागेको हो ।

पेरिस ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीको सहभागिता रहेको छ । जसमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा तथा जुडोकी मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्दैछन् ।

टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिताले छनोट चरण पार गरेर ओलम्पिक यात्रा तय गरेका हुन् । साउन २७ गतेसम्म चल्ने यस ओलम्पिकमा दुई सय ६ देशका खेलाडीले विभिन्न ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । जसमा तीन सय २९ इभेन्ट्स हुनेछन् ।

ओलम्पिक परेडमा १० हजारभन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । उद्घाटन सत्रमा सहभागी खेलाडीले सेन नदीमा डुंगामा परेड गर्नेछन् । ओलम्पिकमा सहभागी प्रत्येक देशका लागि एउटा डुंगाको व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र फ्रान्स सरकारले ओलम्पिकको उद्घाटन समारोहलाई विशेष बनाउने प्रयास गरेको छ । ओलम्पिक खेलकुदको उद्घाटन पहिलो पटक रङ्गशाला बाहिर गर्न लागिएको हो । उद्घाटन समारोह फ्रान्सको प्रख्यात नदी सेन नदीबाट ६ किलो मिटरको दूरीमा पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ