साउन ६ काठमाण्डौँ । बंगलादेशमा सरकारी सेवामा आरक्षणको कोटा खारेज गर्न माग गर्दै भएको आन्दोलनले उग्र रुप लिएपछि असुरक्षित महसुस गरेका ८ सय बढी नेपाली बिद्यार्थी स्वदेश फर्किएका छन् ।
बंगलादेशको विभिन्न मेडिकल कलेजहरुमा ३ हजार बढी नेपाली बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
ती मध्य ८ सय बढी स्वदेश आएका छन् । हवाई मार्ग तथा स्थलमार्गबाट उनीहरु स्वदेश आएका हुन् ।
परराष्ट्र मन्त्रालयले अनलाईन मार्फत आवेदन गर्न आव्हान् गरेको छ ।
बंगलादेशमा हिंसात्मक प्रदर्शन चर्किएर दर्जनौँ मानिसको मृत्यु भईसकेको छ । त्याहाँ अहिले देशव्यापी कफ्र्यु जारी गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline