‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ लोकार्पण

‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ लोकार्पण

  • शनिबार, साउन ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं, साउन ५ ।
‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ग्रन्थको पूर्वप्रधानन्यायाधीश श्री अनुपराज शर्मा, शिक्षाविद् प्रा.डा.सुरेशराज शर्मा र महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले आज राजधानी काठमाडौँमा सामूहिक लोकार्पण गर्नुभयो .

समारोहमा समालोचक प्रा.केशव सुवेदीले सो ग्रन्थबारे समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईले ग्रन्थका बारेमा मन्तव्य प्रकट गर्नुभएको थियो ।

नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईबाट सम्पादित ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ग्रन्थमा पूर्वप्रधानमन्त्री विष्टको राष्ट्रिय राजनीतिक योगदानको चित्र प्रस्तुत गरिएको छ । सो ग्रन्थ नइ प्रकाशनको १८३ औँ कृतिका रुपमा प्रकाशित भएको हो ।

‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ५८८ पृष्ठको ग्रन्थमा प्रधानमन्त्री केपी शर्मा वली, पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल, राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, सीपी मैनाली, पशुपतिशमशेर राणा, नवराज सुवेदी, अर्जुननरसिंह केसी, कमल थापा, डा.भेषबहादुर थापा, भद्रकुमारी घले, कृष्णप्रसाद भण्डारी, लोकमानसिंह कार्कीसमेत ६९ जना स्वनामधन्य व्यक्तिहरूका लेखहरु समेटिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी