एशिया कपको पहिलो खेलमा नेपालले आज यूएईको सामना गर्दै

एशिया कपको पहिलो खेलमा नेपालले आज यूएईको सामना गर्दै

  • शुक्रबार, साउन ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं साउन ४ । एसीसी महिला एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ। श्रीलंकाको दाम्बुलास्थित रंगिरी दाम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले आफ्नो पहिलो खेलमा यूएईको सामना गर्न लागेको हो। खेल दिँउसो सवा २ बजेपछि शुरु हुनेछ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ।
प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स ९यूएई० छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। नेपालले जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको तयारीका लागि नेपाली टोली दुई हप्ता अगाडि नै श्रीलंका पुगेको थियो। श्रीलंकामा नेपालले श्रीलंकाको डेभलपमेन्ट स्क्वाडसँग तीन वटा अभ्यास खेल खेलेको थियो।

पहिलो र दोस्रो अभ्यास खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा दुई रनको रोमाञ्चक जित निकालेको थियो।

एसीसीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित एसीसी महिला प्रिमियर कपको फाइनल खेलेका दुई टोलीलाई एसिया कप खेलाउने नियम बनाएको थियो। पछि मलेसियामा भएको प्रिमियर कपको सेमिफाइनलमा पुग्ने थप दुई टोलीलाई पनि एसिया कप खेलाउने निर्णय गरेसँगै नेपालले प्रतियोगितमा सहभागिता जनाउने अवसर पाएको हो। योसँगै नेपाली महिला टोलीले तेस्रो पटक एसिया कपमा सहभागिता जनाउन लागेको हो।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीमा सबनम राई, रुबिना क्षत्री, सीता रानामगर, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, पूजा महतो, सम्झना खड्का, डोली भट्ट, रोमा थापा, ममता चौधरी, किर्तिका मरासिनी र राजमती ऐरी छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ