प्राचीन तथा ऐतिहासिक मुद्राहरु पुरातात्विक सम्पदा र राष्ट्रियतासँग सम्बन्धित बहुआयामीक महत्वको छ : मन्त्री तामाङ

प्राचीन तथा ऐतिहासिक मुद्राहरु पुरातात्विक सम्पदा र राष्ट्रियतासँग सम्बन्धित बहुआयामीक महत्वको छ : मन्त्री तामाङ

  • बुधबार, असार २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

असार २६ काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री मन्त्री हित बहादुर तामाङले नेपालको प्राचीन तथा ऐतिहासिक मुद्रा पुरातात्विक सम्पदा राष्ट्रियतासँग सम्बन्धित बहुआयामिक महत्वको भएको बताउनु भएको छ ।

नेपाल मुद्रा संकलक संघद्धारा पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको सहकार्यमा आयोजित बाल संकलक लक्ष्यजीत मल्लद्धारा संकलित नेपालको प्राचीन तथा ऐतिहासिक मुद्रा तथा विश्व रेकर्ड होल्डर दिपेन्द्र रत्न शाक्यको १९३ मुलुकको सिक्काहरुको प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री तामाङले बुद्धकालिन देखि लिच्छवि काल, राजतन्त्रीय कालदेखि गणतन्त्र काल सम्मको मुद्रा संकलन गरेर प्रदर्शनी गर्न सफल बाल संकलकद्धयको प्रशंशा समेत गर्नु भयो ।

यो महत्वपूर्ण कार्य भएको भन्दै यस्तो कार्य बिरलै मान्छेले मात्र गर्न सक्ने मन्त्री तामाङको भनाई छ ।

देशी विदेशी सबैले अहिले सम्म छापेका मुद्राहरु संकलन उत्कृष्ट कार्य भएको चर्चा गर्दै मन्त्री तामाङले यस्ता कार्यहरुले विदेशीहरु माझ नेपालको पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्न पनि मद्धत पुगेको र यस्ता कार्यक्रमहरु निरन्तर गर्न उहाँले सबैलाई आग्रह गर्नु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी