सुजाता सुव्वा बनिन् मिसेस नेपाल २०२४ की बिजेता

सुजाता सुव्वा बनिन् मिसेस नेपाल २०२४ की बिजेता

  • मङ्लबार, असार २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

राजधानीमा बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता द मिसेस नेशनल २०२४ भव्यताका साथ सम्पन्न भएको छ ।
क्रिजोना मिडिया गु्रप प्रालिद्वारा आयोजित दोस्रो संस्करणको प्रतियोगितामा द मिसेस नेशनल २०२४ को उपाधि इलामकी सुजाता सुब्बाले चुमेकी छन्। फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर रहेकी सुब्बाले वेष्ट फिगरको उपउपाधिलाई पनि आप्mनो बनाएकी छन्।

महिलालाई सशक्त बनाउँ, राष्ट्रलाई सशक्त बनाउँ भन्ने नाराका साथ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मञ्जु आचार्य फष्ट रनर्सअपका साथमा मष्ट इनरजेटिक तथा मञ्जिल रञ्जितकार सेकेण्ड रनर्सअपका साथमा मष्ट पपुलर र मष्ट इलिजेन्ट उपउपाधि विजेता भए। १६ बिबाहित सुन्दरीले अन्तिम स्पर्धा गरेको प्रतियोगितामा अनिता मण्डल लामा दोङ भ्युअर्स च्वाईस र मष्ट फोटोजेनिक, शर्मिला ताम्राकार मिसेस एम्बेस्डर, अञ्जना भट्टराई मष्ट क्यारिजम्याटिक, रुबी किरण दास मष्ट ग्रेसफुल, करिश्मा भण्डारी लेबुफनुईर मिसेस प्mयासिओनिस्ता, सिर्जना बुढा थापा वेष्ट स्माईल, प्रमिला दाहाल मष्ट डिसिप्लेन, श्री कुँवर मष्ट इन्सपाईरिङ, रिंकल गुप्ता मष्ट आइकोनिक, रोजी थापा वेष्ट पर्सनालिटी, सुष्मा रेग्मी मष्ट कन्फिडेन्ट, मञ्जु पौडेल मष्ट ट्यालेन्टेड र सदीक्षा अधिकारी वेष्ट वाक उपउपाधिको विजेता बन्न सफल भए।

लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा मोडल दीपक घिमिरे, फेसन डिजाइनर मिनु श्रेष्ठ र अन्तराष्ट्रिय जुम्बा प्रशिक्षक प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए। प्रतियोगिता पूर्व खानेपानी मन्त्री महेन्द्र यादव, सांसद रेणु साह, माष्टर सेफ सन्तोष शाह र अभिनेता किरण केसीको आतिथ्यतामा सम्पन्न भएको थियो।

आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिका प्रवन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलाहरुलाई चार घेरा भित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरुमा अन्तर्निहित प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्देश्यले द मिसेस नेशनलको आयोजना गरिँदै आएको बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी