धेरै समयपछि क्रिकेट खेल्दा डेब्यु गरेजस्तो भयो : सन्दीप लामिछाने

धेरै समयपछि क्रिकेट खेल्दा डेब्यु गरेजस्तो भयो : सन्दीप लामिछाने

  • शनिबार, असार ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं असार ८ । आइसीसी टी–२० विश्वकपमा सहभागी भइ क्रिकेटर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य तीन दिनअघि स्वदेश फर्किए पनि लामिछाने भने शनिबार स्वदेश फर्किएका हुन्। अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन्। उनी क्यानडा हुँदै नेपाल आएका हुन्।

नेपाल आएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले टी-२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको प्रतिक्रिया दिए। विश्वकपको अनुभव निकै स्मरणीय रहेको भन्दै टिममा अझै धेरै गर्न बाँकी रहेको उनले बताए।

उनले साउथ अफ्रिकालाई दिएको चुनौती निकै राम्रो भए पनि अन्तिम बलमा जित्न नसक्दा दुःख लागेको सुनाए। उनले विभिन्न कारणले आफू केही समय क्रिकेटबाट बाहिर रहेपनि अब निरन्तररूपमा लागिपर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ