योग दिवसका अवसरमा देशभर योग सहित विभिन्न कार्यक्रम ( तस्वीरहरु )

योग दिवसका अवसरमा देशभर योग सहित विभिन्न कार्यक्रम ( तस्वीरहरु )

  • शुक्रबार, असार ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

भक्तपुर, ७ असार । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारद्वारा दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित मूल समारोह समितिले भक्तपुरको एसओएस बालग्राममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरेको छ ।

प्रधानमन्त्री दाहालले सम्बोधन गर्नुभएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले योग जीवनमा अपरिहार्यता रहेको चर्चा गर्नुभयो । उहाँले स्वस्थ जीवनका लागि सबैले योगाभ्यासलाई अपनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्लेले योग दिवसको महत्व र सरकारले मनाउँदै आएको विश्व योग दिवसका बारेमा जानकारी गराउनु भयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले पठाउनुभएको शुभकामना सन्देश वाचन गर्नुभयो ।

सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी कार्यक्रममा ओमकार योग आयुर्वेद गुरुकुलबाट स्वस्तिक वाचनका साथै योग प्रोटोकलको आधारमा ओगाभ्यास गरिएको थियो । मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस नेपालले हरेक वर्ष मनाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी