काठमाडौं । नेपालले बंगलादेशविरुद्ध घातक बलिङ जारी राखेको छ । जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
यो सँगै सोमपाल कामीले पहिलो बलमै ओपनर तान्जिद हसदलाई आउट गरेका थिए ।
त्यसपछि दोस्रो ओभरमा दिपेन्द्र सिंह ऐरीले नाजमोल होसेन सान्तोषलाई चार रन जोड्दा बोल्ड आउट गरेका थिए ।
त्यसपछि सोमपालले आफ्नो व्यक्तिगत दोस्रो विकेट लिँदै लिटन दासलाई १० रनमै पेभिलिन फर्काएका थिए ।
त्यसपछि कप्तान रोहित पौडेलले हृदोयलाई ९ रनमा आउट गरेका थिए । यो खबर तयार पार्दा सम्म बंगलादेशले ८ औँ ओभर खेल्दा ४ विकेट गुमाएर ४४ रन बनाएको छ ।
आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । नेपालले करण केसीको ठाउमा सन्दीप जोरालाई प्लेइङ एघारमा सामेल गरेको छ ।
आजको प्लेइङ एघारमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहोरा रहेका छन् ।
नेपाल विश्वकपको समुह चरणमा पुग्न असफल भएपनि यस खेलको नतिजाले सुपर आठमा पुग्ने दोस्रो टिमको टुंगो लगाउने छ ।