आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला, मन्त्री तामाङको पहलमा दर्शनार्थीका लागि ऐतिहासिक निर्णय

आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला, मन्त्री तामाङको पहलमा दर्शनार्थीका लागि ऐतिहासिक निर्णय

  • शनिबार, असार २, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

असार १ काठमाण्डौँ ।  आजदेखि पहिलो पटक पशुपतिनाथ मन्दिरका चारवटै ढोका नियमित रुपमा खुला गरिएको छ । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि बिहान ४ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको
पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हित बहादुर तामाङको पहलमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत् अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणका मूलढोका आजबाट खुल्ला गरिएको हो ।
पर्यटनमन्त्री तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास कोष परिषदको पछिल्लो बैठकले पशुपतिका चार वटै ढोका खोल्ने निर्णय गरेको थियो ।
मन्त्री तामाङले पशुपति नाथमा दर्शनार्थीको चाप देखिएको र देश बिदेशबाट आउने धार्मिक पर्यटकका लागि सहज होस् भन्ने उदेश्यले यो ऐतिहासिक निर्णय गराउनु भएकोहो । निणय कार्यान्वयन गराउने क्रममा आज विहान मन्त्री तामाङ स्वयम् पशुपति मन्दिर पुग्नुभएको थियो । उहाँले पशुपति मन्दिर पसिरको अवलोकन गर्नका साथै मुख्य मन्दिरको दर्शन  समेत गर्नुभयो ।
सो क्रममा मन्त्री तामाङले पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको बताउनु भयो । मन्दिरका चार वटै ढोका खोलिउसँगै दर्शनार्थीलाई सहज हने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः ३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिएको छ।
चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोर क्षेत्रमा लाइन बढेको र दर्शन गर्न सहज भएको छ ।
अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः ३० बजेदेखि ११ः ३० सम्म खुला गरिँदै आएको थियो।
यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।
मन्त्री तामाङ अध्यक्ष  रहेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणका मूलढोका खुला गर्ने निर्णय गरेको थियो । पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ४ देखि ८ बजेसम्म खुल्ला रहने छ ।
चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीको भनाइ छ । अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिँदै आएको थियो ।
यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।
यस्तै पशुपतिनाथ मन्दिरभित्र र बाहिर पाउने चन्दनमा पनि एकरुपता ल्याइने भएको छ । हरेक दर्शनार्थीलाई पशुपतिनाथ मन्दिरको अभिषेक गरिएको जल पनि निःशुल्क दिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
साथै मन्त्री तामाङको पहलमा नै दर्शनार्थीलाई निशुल्क प्रसाद भोजन गराउने व्यावस्थाा समेत मिलाउने तयारि कोषले गरिरहेको छ । सो बिषयमा मिति नै बनाएरकाम भईरहेको प्रवता अधिकारीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ