नुवाकोटमा यी हुन् मन्त्री हित बहादुर तामाङले अघि बढाएका योजनाहरु, प्रकाशशरण महत बिरु‌द्धमा किन उत्रिए ?

नुवाकोटमा यी हुन् मन्त्री हित बहादुर तामाङले अघि बढाएका योजनाहरु, प्रकाशशरण महत बिरु‌द्धमा किन उत्रिए ?

  • बिहिबार, जेष्ठ ३१, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, ३१ जेठ । माओवादी आन्दोलनभित्र अत्यन्त ईमानदार र शालिन नेताको छवि बनाउनुभएका हित बहादुर तामाङ नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद हुनुहुन्छ।

 

उहाँ अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएको छ । मन्त्री तामाङले समग्र जिल्ला र क्षेत्रको विकासमा अहोरात्र खटिरहेको कुरा प्रचारबाट हैन कामबाट देखाईरहनुभएको छ ।

तर पछिल्लो पटक गठबन्धन फेरिएसँगै अर्थमन्त्रीबाट हटेका नुवाकोट घर भई केन्द्रिय राजनितिमा मात्र रमाईरहेका प्रकाशशरण महतले जिल्लामा तामाङ बिरुद्ध प्रचारवाजी गराईरहनुभएको छ । खास गरी गठबन्धन फेरिएसँगै महत निकटका केही व्यक्तिहरु मात्र मन्त्री तामाङ बिरुद्ध खनिएको देखिन्छ भने अधिकास काग्रेसीहरु भर्खरै विनियोजन भएको वजेट वितरण सन्तुलित रहेको, राजनिति भन्दा माथी उठेर विकास प्रेमी नेताको रुपमा आफुलाई उभ्याएको भनि सकरात्मक टिप्पणी गरिरहेका भेटिन्छन् । नुवाकोटबाटै प्रकाश शरणका दाजु राम शरण महत पटक पटक अर्थमन्त्री भएर पनि जिल्लाको विकास भएन भन्ने गुनासो विगतमा पनि सुनिने गरेको थियो ।

तर खासमा विकासमा राजनीति प्रवेश गर्नु नहुने हो। तर जिल्लामा यो संस्कार अझै देखा पर्नु शोभनीय नभएको स्थानीय जनताको गुनासो छ ।

अहिले चुपचाप हल्ला नगरी काम गर्ने नेता हुन् हित बहादुर तामाङ । उहाँको पहलमा भईरहेका विकास आयोजनाहरु हेर्ने हो भने महतको तुलनामा तामाङले बढी जनताको मन तानेको देखिन्छ ।

डा. प्रकाशशरण महत अर्थमन्त्री भएकै बेला नुवाकोट को गङ्गटे ढिकुरे सातबिसे समुन्द्रटार हुँदै गोल्फुभन्ज्याङ्ग जाने बाटो निर्माण अबरुद्ध भएको थियो । त्यसको कारण अर्थमन्त्री महत र अहिलेका भौतिक मन्त्री रघुबीर महासेठबीचको विवाद भन्ने बुझाई पनि छ।
यद्यपि, मन्त्री तामाङले प्रधानमन्त्री प्रचण्डसँगै छलफल गरेर सो बाटो निर्माण योजना कार्यन्वयन अघि बढाउने हुनुभएको छ । सो सडकको महत्व र यथार्थता बुझाएपछि प्रधानमन्त्रीले स्वीकृति दिएकाले अब सो आयोजना कार्यन्वयनको दिशामा अघि बढ्‌ने भएको छ ।उक्त सडक बिदुर नगरपालिका लिखु,सुर्यागढ़ी,तादी र दुप्चेश्वर गाउँपालिका हुँदै सिन्धुपाल्चोकको सीमासम्म पुग्नेछ । करिव ७६ कि.मि.रहेको यस सडकलाई नुवाकोटको लाइफ लाइन सडक आयोजनाको रुपमा समेत लिइएको छ ।

चालु आ.व. ०८०/०८१ म तात्कालिन अर्थमन्त्री महतले छहरे-टोखा अन्तर्गतको सडक खण्डमा सुरुङमार्गका लागि रु. १ अर्व रुपैया छुट्‌याएको भनि व्यापक प्रचार गर्न लगाईएको थियो । यद्यपी सो सुरुङ मार्ग परियोजनाको लागि छुट्याएको बजेट आफु मन्त्री रहि रहेका बखत्त एक रुपैया पनि खर्च गराउन महत असफल बन्नुभयो । जस कारण उल्लेखित वजेट आज फ्रिज हुन पुगेको छ। सो वजेट फ्रिज भएकै कारण आ.व. ०८१/०८२ को वार्षिक बजेटमा उक्त योजनामा रकम विनियोजन गर्न नसकिएको श्रोत बताउछ ।

२०७१ साल देखी निर्माण शुरु भई अलपत्र रहेको बालाजु रानिपौवा सडक खण्ड समेतको निर्माण कार्य नेपाल सरकारको आन्तरीक श्रोतबाट बजेट विनियोजन गराई निर्माण कार्य समेत अगाडी बढी सकेको छ भने सो सडककी रानीपौवा पिपलटार खण्डको लागि पनि आगामी आवमा वजेट विनियोजन गरिएको छ ।

मन्त्री तामाङ कै पहलमा ढलानघर-शिवालय-घलेभञ्ज्याङ-ठकुरीटोल हुदै दुप्चेश्वर जोड्ने सडक समेत निर्वाचन क्षेत्र रणनैतिक सडक योजना अन्तर्गत कुण्डला घलेभञ्ज्याङ सडक खण्ड निर्माणको अन्तिम चरणमा रहेको र ढलानघर शिवालय खण्डको लागि पनि वजेट विनियोजन भईसकेको छ ।

यस्ता अन्य विभिन्न जनताका आवस्यकताका आयोजनाहरु मन्त्री तामाङको पहलमा अघि बढीरहेका बेला जिल्लामा प्रकाशरण महतले राजनीतिक विरोधमा उत्रिनुलाई मन्त्री तामाङलाई बदनाम गराएर आगामी निर्वाचनमा आफ्नो आधार बलियो बनाउन खोजेको अर्थमा जिल्लामा लिन थालिएको छ ।

कुरा हैन काम गर भन्ने सोच राखेर अघि बढेका मन्त्री तामाङले गरीरहेको विकास र प्रयासले उहाँलाई जिल्लामा अझ लोकप्रिय बनाउदै लगेको छ ।

मन्त्री तामाङले जिल्लावासी जनतालाई कसैको पनि हल्लाको पछि नलागी विकास र समृ‌द्धिको कार्यमा आफूले गरेका काम बुझ्न र साथ दिन आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी