विदेश पठाईदिने भन्दै हजारौँसँग करोडौँ ठगी गरेको आरोपमा ६ जना कन्सलटेन्सी सञ्चालक पक्राउ

विदेश पठाईदिने भन्दै हजारौँसँग करोडौँ ठगी गरेको आरोपमा ६ जना कन्सलटेन्सी सञ्चालक पक्राउ

  • बुधबार, जेष्ठ ३०, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं । सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर युरोपका देशहरूमा आकर्षक तलबको प्रलोभन देखाएर एक हजार बढीलाई ठगी करोडौं ठगी गर्ने ६ जना कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कन्सल्टेन्सी सञ्चालकसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्खेत घर भई कोटेश्वर बस्ने २७ वर्षीय रेशम रावल, मोरङ घर भई नरेफाट बस्ने ३५ वर्षीय सन्तविर घिमिरे, सुर्खेत घर भई कोटेश्वर बस्ने २४ वर्षीय प्रेमबहादुर रावल, डडेलधुरा घर भई कोटेश्वर बस्ने २६ वर्षीय राजेश साउद, काभ्रेपलाञ्चोक घर भई धुम्बाराही बस्ने ३० वर्षीय सुरेन्द्र तामाङ र रामेछाप घर भई कोटेश्वर बस्ने २५ वर्षीय टंकराज खनाल छन्।

उनीहरूले फेसबुक, वाट्स एप र टिकटकमा वैदेशिक रोजगारको झुटो विज्ञापन बुस्ट गरेर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए। उनीहरूले पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसियालगयतका देशमा पठाइदिने भन्दै एक हजार बढीलाई ठगी गरेका थिए।

उनीहरूले नागरिकता, सक्कल राहदानी, शैक्षिक प्रमाणपत्र लिएर प्रतिव्यक्ति ३५ हजारसम्म अशुल्ने गरेका थिए। रसिद भने १७ हजार ६ सयको मात्र काटिएको पीडितहरूले गुनासो गरेका छन्। सक्कल डकुमेन्ट फिर्ता लिन उनीहरूले डेढदेखि दुई लाखसम्म असुल्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार उनीहरूले साढे दुई करोड बढी ठगी गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी