आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ।
अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहादेखि सुरू भएको ७ः ४५ मा भने रोकिए पनि सवा आठ बजेदेखि फेरि वर्षा भएको थियो।
मैदानको आउटफिल्डमा पानी जमेको थियो। मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको थियो।
यससँगै नेपाल र श्रीलंकाले एक एक अंक पाएका छन्। लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ। अब नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ। दुवै टिमलाई हराए मात्र नेपाल सुपर-८ मा पुग्नेछ।
अपेक्षाकत कमजोर टोलीसँग पराजय र खेल रद्ध ुहुँदा नेपालले अब बाँकी बलियो दई टोलीसँग जित्नै पर्ने दबाब बढेको छ ।
नेपाल पहिलो खेलमा नेदरल्याडस्सँग ६ विकेटले पराजित भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline