बर्षाका कारण नेपाल र अमेरीकाबीचको अभ्यास खेल रद्ध

बर्षाका कारण नेपाल र अमेरीकाबीचको अभ्यास खेल रद्ध

  • शुक्रबार, जेष्ठ १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

आइसिसी टी-२० विश्वकप २०२४ को नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ। अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरीमा घरेलु टोलीले टस जितेर ब्याटिङ रोजेपछि भारी वर्षा सुरु भएको थियो।

४५ मिनेट वर्षा भएपछि रोकिएको थियो। त्यसपछि पिचको कभर हटाइएको थियो। तर फेरि वर्षा सुरु भएपछि खेल रद्द गरिएको हो।

नेपाली टोली ः रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, सोमपाल कामी, अभिनास बोहरा, सागर ढकाल।

विगत एक महिनादेखि अमेरिका र वेस्ट इन्डिजमा तयारी गरेको नेपालले टेक्सासको ह्युस्टन र वेस्ट इन्डिज इन्डिजको सेन्ट भिसेन्टमा स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो। जसमा नेपालले ६ मध्ये ४ खेलमा जित निकालेको थियो।

तर टी(२० विश्वकप उद्घाटनअघि आइसिसीको तालिकामा खेलेको पहिलो वार्मअप खेल नेपालका लागि खराब रह्यो। स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीबिना क्यानडाविरूद्ध खेलेको नेपाल कमजोर ब्याटिङ गर्दा ६३ रनले पराजित भएको थियो।

अमेरिकाले वाम अपका खेलअघि टेस्ट टोली बंगलादेश विरूद्धको तीन खेलको टी(२० सिरिज २(१ ले जितेको थियो।

त्यसो त रोहितले आइसिसीसँगको कुराकानीमा नेपाल टी(२० विश्वकपमा सहभागी मात्र हुन नभइ खेल जित्न आएको बताएका थिए।

नेपाली टोलीले अमेरिका विरूद्धको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी फिट भएका थिए। यसअघि दीपेन्द्रले ह्युस्टनको अभ्यास खेल र क्यानडाविरूद्धको वाम अप खेल चोटका कारण गुमाएका थिए।

नेपालले अमेरिकासँग खेलेको पाँच दिनपछि यही मैदानमा यो विश्वकपको आफ्नो पहिलो खेल खेल्नेछ। समूह ‘डी’ मा रहेको नेपालले विश्वकपको पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ खेल्नेछ।

त्यसपछि नेपालले जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। नेपालको बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

१० वर्षपछि विश्वकप खेल्न लागेको नेपालले समूहमा रहेका पाँच टोली मध्ये शीर्ष दुईमा परेर सुपर(८ मा पुग्ने महत्वाकांक्षी लक्ष्य समेत बनाएको छ। त्यसका लागि नेपालका लागि नेदरल्यान्ड्स विरूद्धको पहिलो खेल महत्वपूर्ण हुनेछ।

पहिलो खेल जितेको अवस्थामा नेपालले बाँकी तीन मध्ये एक खेल जिते पनि दोस्रो हुने सम्भावना हुनेछ। समूहमा नेपालले नेदरल्यान्ड्सबाहेक प्रतिस्पर्धा गर्ने तीन टोली टेस्ट टोली हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ