‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ सुरु, पर्यटन मन्त्री तामाङद्धारा उद्घाटन

‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ सुरु, पर्यटन मन्त्री तामाङद्धारा उद्घाटन

  • मङ्लबार, जेष्ठ १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं , १५ जेठ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपाल कला र संस्कृतिको धनी मुलुक भएको धारणा राख्दै यसको संरक्षण र सम्बद्र्धनमा जोड दिनुभएको छ । मंगलवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ को उद्घाटन गर्दै उहाँले कला र साहित्यमा योगदान पुयाईरहेका कलाकार तथा श्रष्ठालाई थप प्रोत्साहन गर्नुपर्ने बताउनु भएको हो ।

मन्त्री तामाङले ललितकलाले विगत केहि वर्षदेखि कलाकार र श्रष्ठाहरुलाई थप प्रोत्साहित गर्नकालागि आफ्नो कला प्रदर्शन गर्ने अवसर दिने र उत्कृष्ठ ठहरिएकालाई पुस्कृत गर्ने कार्य गर्दै आएकोमा यसबर्ष देखि प्रादेशिक रुपमा समेत उक्त कार्यक्रम विस्तार गरि राष्ट्रियस्तरमा समेत कार्य गर्नु प्रशंसनिय भएको बताउनु भयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललिलकलाको संरक्षण, संवद्र्धन र प्रवर्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेर एउटै छानामुनि विविध कलाको अवलोकन गर्न अवसर दिएर श्रष्ठा र कर्मीलाई प्रोत्साहन र प्रवर्धन गर्न विशेष योगदान गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘यस कार्यक्रमलाई प्रतिष्ठानले आगामी दिनमा अझ परिष्कृत गरी भव्यताका साथ गर्ने छ भन्ने विश्वास लिएको छु । यस प्रदर्शनीमा पुरस्कृत हुनुहुने सर्जक कलाकारहरू अझ सक्रियताका साथ कला सिर्जनामा लाग्नुहोस् भन्ने आग्रह गर्दछु ।’

उहाँले ललितकलाले मुलुकको पहिचान विश्वमाझ पुर्‍याउन योगदान दिने र पर्यटन विकासमा टेवा पु-याउने भएकाले कला सिर्जना समृद्धिका लागि महत्वपूर्ण क्षेत्र रहेको धारणा राख्नुभयो। मन्त्री तामाङले मन्त्रालयले मुलुकको पहिचान कला सिर्जनाको विकासमा विशेष ध्यान दिने बताउदै पुरस्कृत कलाकारहरुलाई सिर्जनामा सक्रिय हुन अनुरोध गर्दै बधाई ज्ञापनगर्नुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकलालाई स्थानीय तह, प्रदेश र केन्द्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउनका लागि प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो । उहाँले यसबाट कला सिर्जनमा परिणाम देखिएता पनि गुणात्मक रूपमा अझै परिष्कृत हुन बाँकी रहेको धारणा राख्नुभयो । प्रदर्शनीमा सम्मान तथा पुरस्कृत हुने कलाकारलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै उहाँले प्रदर्शनी अवलोकनका लागि सबैलाई आग्रह गर्नुभयो ।
प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ कार्यकारी समितिका संयोजक लालकाजी लामाले प्रतिष्ठानको स्थापना कालदेखि नै हुँदै आएको यस ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ को विशेष महत्त्व रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानको इतिहासलाई गर्वका साथ ग्रहण गर्ने र ललितकलाको उन्नयनका खातिर वर्तमानलाई राम्रो बनाउने र भविष्यलाई अझ सुन्दर बनाउने कार्यमा प्रतिष्ठान लागेको बताउनुभयो । ‘अनुसन्धानविना उत्कृष्ट सिर्जना हुँदैन । त्यसकारण प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानलाई आफ्नो रणनीति बनाई काम गरिरहेको छ । हामीले नेपाली मौलिक ज्ञान, परम्परा, कला, शिल्पलाई पुनर्जागरणको चरणमा ल्याउन काम गरिरहेका छौँ’, ।
सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपाली कलाको महाउत्सवका रूपमा लिइने यस प्रदर्शनी नेपाली ललितकलाको क्षेत्रलाई स्थानीय तहदेखि केन्द्रसम्मको गन्तव्यमा लैजान सफल भएको बताउनुभयो । उहाँले सातै प्रदेशका १००० भन्दा बढी कलाकारलाई ‘प्रादेशिक प्रदर्शनी २०८०’ मार्फत जोडेर गरिएको यस प्रदर्शनीले ललितकलाका क्षेत्रमा पुनर्जागरण ल्याएको धारणा राख्नुभयो ।
प्रतिष्ठानले ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने नाराका साथ सुरु भएको प्रदर्शनीमा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिएको छ । जसअन्तर्गत कोसी प्रदेशबाट ४२ कलाकारका ४३, मधेस प्रदेशबाट ५७ कलाकारका ६१, बागमती प्रदेशबाट २३३ कलाकारका २६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८, सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति गरी ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा रहेका छन् । जसमा अप्रतियोगीअन्तर्गत ७६ कलाकृति समावेश छन् । विधागत रूपमा समसामयिक चित्रकलाका १७८ कलाकारका १९१, परम्परागत चित्रकलाका ८४ कलाकारका ८९, आधुनिक मूर्तिकलाका ३७ कलाकारका ४१, परम्परागत मूर्तिकलाका २१ कलाकारका २३, लोककलाका ४७ कलाकारका ५१, हस्तकलाका ६२ कलाकारका ६८, वास्तुकला तथा अन्य सिर्जनात्मक ९बहुआयामिक० कलाअन्तर्गत छविकलाका २८ कलाकारका ३३, प्रतिस्थापन कलाका ७ कलाकारका ७, कार्टुनका ११ कलाकारका १२, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका १ कलाकारका १, भिडियो आर्टका १ कलाकारका १, भावभङ्गिमा कलाका २ कलाकारका २ कलाकृति प्रदर्शनीमा रहेका छन् ।
फागुन १७ गतेदेखि चैत १६ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ कर्णालीको नेपाल कमर्सियल आर्टिस्ट सङ्घ (फागुन १७–२१ गतेसम्म सुर्खेत), कोसीको इटहरी मेट्रिक्स (फागुन २९– चैत ५ सम्म इटहरी), मधेसको मधेस प्रज्ञा–प्रतिष्ठान (चैत २–५गतेसम्म जनकपुरधाम), बागमतीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (चैत १२–१६ गतेसम्म नक्साल), गण्डकीको पोखरा आर्ट ग्यालरी (फागुन १९–२३ गतेसम्म पोखरा), लुम्बिनीको नेपाल व्यावसायिक कलाकार सङ्घ (फागुन २२–२६ गतेसम्म बुटवल) र सुदूरपश्चिमको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान (फागुन २०–२४ गतेसम्म धनगढी) मा सम्पन्न भएको थियो ।
यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्राज्ञ किरण मानन्धर (पूर्व कुलपति) र श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार) लाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ । सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डङ्गोल, परम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ विनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त कायस्त, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्यलाई प्रदान गरियो । यी सम्पूर्ण पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र द राइजिङ नेपालका सुकृत नेपाल र रेनुका ढकाललाई प्रदान गरिएको थियो । ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०÷३० हजार र सम्मानपत्र रहेको छ । कला प्रवद्र्धन सम्मान भने नेपाल व्यावसायिक कलाकार सङ्घलाई दिईएको छ ।
प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट सामना राई (भावभङ्गिमा कला), मधेसबाट विगुल ढकाल (समसामयिक चित्रकला) बागमतीबाट अनमोल रत्न तुलाधर (परम्परागत चित्रकला), गण्डकीबाट मिमबहादुर राना मगर (समसामयिक मूर्तिकला), लुम्बिनीबाट आकाश बुढामगर (समसामयिक चित्रकला), कर्णालीबाट टोपेन्द्र डाँगी (समसामयिक मूर्तिकला), सुदूरपश्चिमबाट महेन्द्र पुन (समसामयिक मूर्तिकला) लाई प्रदान गरिएको छ । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ ।
त्यस्तै, प्रादेशिक ललितकला विधागत पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोसीबाट सोनी राई, मधेसबाट मनुकुमार चौधरी, बागमतीबाट सुदीपकुमार बस्याल, गण्डकीबाट सुदिन श्रेष्ठ, लुम्बिनीबाट खेमबहादुर घिमिरे, कर्णालीबाट सुभाषकुमार शाक्य, सुदूरपश्चिमबाट यसोदाकुमारी सिंह, समसामयिक मूर्तिकलातर्फ कोसीबाट टीकाराम पौडेल (शशी किरण), बागमतीबाट जुनु खनाल शर्मा, गण्डकीबाट रिहाना परियार लुम्बिनीबाट हरिबहादुर थापा वयम्बु, कर्णालीबाट कौसिबहादुर बुढा, परम्परागत चित्रकला विधातर्फ कोसीबाट गणेश लामा, मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट शंख नारायण श्रेष्ठ, गण्डकीबाट विचार सिंह तामाङ (मनोज) लामा, कर्णालीबाट लारप रोकाया, परम्परागत मूर्तिकलातर्फ कोसीबाट कमलेश लिम्बु ९डिएगो० बागमतीबाट कृष्णगोपाल गारु हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा राई, मधेसबाट रुना झा, बागमतीबाट राजिव महर्जन, लुम्बिनीबाट शुभेच्छा चौधरी, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट सीता राना, लोककलातर्फ कोसीबाट विष्णुप्रसाद चौधरी, मधेसबाट विनाकुमारी कर्ण, बागमतीबाट अमन कट्वाल, लुम्बिनीबाट सिकेन्दर चौधरी, वास्तु तथा अन्य सिर्जनात्मक ९बहुआयामिक० कलाअन्तर्गत कार्टुनमा गण्डकीबाट महेश वस्ताकोटी, प्रतिस्थापन कलामा बागमतीबाट रविन्द्रकुमार श्रेष्ठ, फोटोग्राफीमा कोसीबाट सनम तामाङ, बागमतीबाट प्रेम थापा, लुम्बिनीबाट नारायण वि.क.,सुदूरपश्चिमबाट माधव ओझा, क्यारिकेचरमा गण्डकीबाट अनिशा भण्डारीलाई पुरस्कृत गरिएको थियो । यी सबै पुरस्कारको राशि ३० ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार कोसी प्रदेशबाट अभिषा घिमिरे (इलाम), मधेस प्रदेशबाट आरतीकुमारी साह (महोत्तरी), बागमती प्रदेशबाट रमिता तामाङ (काभ्रे), गण्डकी प्रदेशबाट सपना नेपाली, (कास्की), लुम्बिनीबाट सोनु हरिजन (रुपन्देही) र सुदूरपश्चिम प्रदेशबाट रोशन भण्डारी (धनगढी) लाई दिईएको छ । यस पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यस वर्षको प्रतिष्ठानको उत्कृष्ट कर्मचारी सम्मान भने कमलमणि काफ्ले र मिना कुचिकारलाई प्रदान गरिएको छ ।
यस वर्षदेखि सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८०’ लक्ष्मण भुजेल र ‘सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८०’ प्राज्ञ भुवन थापालाई प्रदान गरियो । यी पुरस्कारको राशी ५०र५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ को लोगो (प्रतीक) चिन्ह प्राज्ञ एवम् कलाकार प्रदीप शाक्यले बनाउनुभएको हो । उहाँ प्रदर्शनीको क्युरेटर समेत हुनुहुन्छ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ जेठ ३० गतेसम्म चल्ने छ । प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी