काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
आजको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेका कारण सभामुखले बैठक स्थगित गरेका हुन् । सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने जानकारी दिएका छन् ।
आजको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । कांग्रेसको लगातारको विरोधपछि सभामुखले आज नीति तथा कार्यक्रम पारित गर्ने लगायतको कार्यसूची हटाउदै बैठक स्थगित गरेका हुन् ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने प्रत्यक्ष संलग्न रहेको भन्दै काँग्रेसले गरेको माग अनुसार संसदीय छानविन समिति बनाउन दलहरु तयार भए पनि लामिछानेको नाम राख्न सत्ता पक्षले नमानेपछि अझै सहमति हुन सहेको छैन ।
बिपक्षी दलहरुले संसदीय छानविन समिति नबने सम्म संसद अबरोध जारी राख्ने निर्णय गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline