संसदमा आज नीति कार्यक्रम माथि छलफल हुने

संसदमा आज नीति कार्यक्रम माथि छलफल हुने

  • शुक्रबार, जेष्ठ ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज संसदमा छलफल हुँदैछ । यस अघि जेठ ७ मा संसदमा प्रधानमन्त्रीले विस्वासको मत लिँदा पनि बिपक्षीको अवरोधका बीच संसदको कार्यसूची अघि बढेको थियो ।

काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने प्रत्यक्ष संलग्न रहेको भन्दै संसदीय छानविन समिति बनाउनु पर्ने माग गर्दै संसदमा अवरोध गरीरहेको छ ।
संसदीय छानविन समिति बनाउन दलहरु तयार भए पनि कार्यविधि र कार्यादेशका बारेमा सहमति नहुँदा काँग्रेसको अवरोध हटेको छैन ।

अझ राप्रपाले पनि गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन हुनु पर्ने आधिकारीक माग अघि सारेकाले बिपक्षीहरुको आन्दोलन संगठित हुँदै गएको देखिन्छ ।

यस्तो अवस्थामा आज संसद बस्नु अघि नै सहमति नभए अवरोध हुने निश्चित छ । यस्तोमा नीति कार्यक्रम पास गरेर जेठ १५ मा बजेट ल्याउन सरकारले थप कसरत गनु पर्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ