सहकारी पीडितको पक्षमा आन्दोलन जारी राख्ने काँग्रेसको निर्णय, जेठ १३ गते काठमाण्डौँमा शक्ति प्रदर्शन गर्ने

सहकारी पीडितको पक्षमा आन्दोलन जारी राख्ने काँग्रेसको निर्णय, जेठ १३ गते काठमाण्डौँमा शक्ति प्रदर्शन गर्ने

  • बुधबार, जेष्ठ ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी पीडितको पक्षमाआन्दोलन जारी राख्ने निर्णय गरेको छ। पार्टी कार्यालयमा सानेमा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले लाखौं सहकारी पीडितहरूको पक्षमा उभिने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले बताएका छन्।

उनले सहकारी पीडितको बचत फिर्ता नभएसम्म कांग्रेसले सडक र सदनबाट आन्दोलन जारी राख्ने निर्णय भएको बताए। त्यसका लागि कांग्रेसको काठमाडौं कमिटीले जेठ १३ गते विशाल प्रदर्शन गर्ने उनले बताए।

ुदेशभरि सहकारीका लाखौं बचतकर्ताहरू पीडित भएका छन्। त्यसलाई गम्भीरताका साथ लिँदै कांग्रेस पीडितको पक्षमा उभिने निर्णय गरेको छ। उहाँहरूको बचत फिर्ता नभएसम्म र अपचलन गर्नेहरूलाई कानुनी कारबाही नगरेसम्म हामीलै सडक र सदनबाट आन्दोलन गर्छौं,ु बैठकको निर्णय सुनाउँदै उनले भने।

त्यस्तै गृहमन्त्री रवि लामिछाने पदमा रहेकै कारण उनीविरुद्ध छानबिन हुन नसकेको कांग्रेसको ठहर छ। सहकारीको झन्डै एक अर्ब रुपैयाँ रवि लामिछानेको गोरखा मिडियामा अपलचन भएको प्रवक्ता महतले बताए। ुउपप्रधान तथा गृहमन्त्रीको गोरखा मिडियामार्फत् विभिन्न सहकारीका झन्डै एक अर्ब रुपैयाँ दुरुपयोग भएको छ। गृहमन्त्री भएकै कारण उनीविरुद्ध सुरक्षा निकायबाट छानबिन हुन सकेको छैन। वा, छानबिन अवरुद्ध गराइएको छ। प्रधानमन्त्री र आइजीपीलगायतले आलटाल जवाफ दिइरहेका छन्। त्यसैले हामीले संसदीय छानबिन समिति मागेका हौं,ु उनले भने।

प्रधानमन्त्रीले संसदबाट जबर्जस्ती विश्वासको मत लिएको र त्यसमा सभामुखले पनि संसदीय मर्यादाको भूमिका निर्वाह नगरेको कांग्रेसको आरोप छ। ुसंसदमा महत्वपूर्ण विषयलाई लिएर निरन्तर आवाज उठाइराख्दा सरकारले बेवास्ता गरेर संसदीय मर्यादा खिलाप प्रस्तुत भएको छ। सभामुखले पनि संसदीय गरिमाको पालना गरेका छैनन्। प्रधानमन्त्रीले लिएको विश्वासको मतलाई कांग्रेसले गम्भीरतका साथ लिएको छ। संसदको दृश्य संसदीय व्यवस्था र लोकतान्त्रको मर्म विपरीत छ,ु प्रवक्ता महतले भने।

कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साँध्न पक्राउ गरिएको बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ