कैलाश सिरोहिया पक्राउ

कैलाश सिरोहिया पक्राउ

  • मङ्लबार, जेष्ठ ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको प्रहरीको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

सिरोहियाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर आफुलाई पक्राउ गरेको बताउदै कान्तिपुर यसबाट बिचलित नहुने बताएका छन् ।प्रहरीले कान्तिपुर मुख्यालाय थापाथलीस्थित कार्यकक्षबाट मंगलबार साँझ प्रक्राउ गरेपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सहकारी गठी गर्नेको नाममा पनि वारेन्ट जारी हुनेमा आफू विश्वस्त रहेको बताए । ‘यो देशमा कानुन छ भने दुई वटा पासपोर्ट बोक्ने, सहकारी ठगीमा प्रमाणित भएको समाचार छ । मलाई गिरफ्तार गरिएको नागरिकताकाण्डमा होइन । सहकारीको ठगीकाण्डको विरुद्ध समाचार लेखेकोमा हो,’ सिरोहियाले भने, ‘भोलि सहकारी गठी गर्नेको नाममा पनि वारेन्ट जारी हुन्छ भन्नेमा म विश्वस्त छु ।’

उनले सरकार र गृहमन्त्री रवि लामिछानेले नवअधिनायकवादी शैली देखाएको समेत बताए । ‘कुनै मान्छेलाई कुनै उजुरी पर्दैमा कार्यकक्षबाट प्रक्राउ गरिन्छ । तपाईं हामीले २०६२/२०६३ मा लडेर, ज्यानको बाजी लगाएर ल्याएको लोकतन्त्र/गणतन्त्र यही रहेछ भन्ने कुरा माननीय गृहमन्त्री ज्यूबाट थाहा भयो । कसैको उजुरी पर्दैमा गिरफ्तारी हुन्छ ? मलाई सोधपुछ हुँदैन ? त्यसो भए त माननीय गृहमन्त्री ज्यूको दुई वटा पासपोर्टको मुद्दा छ । यसलाई मेरो उजुरी मानेर भोलि वारेन्ट जारी हुन्छ भन्नेमा म विश्वस्त छु । उहाँको दुई वटा पासपोर्ट छ । महान्याधिवक्तालाई यो मुद्दा फिर्ता लिन अधिकार छैन,’ उनले भने ।

आफूमाथिको नागरिकता छानबिनको विषयमा राज्यलाई सहयोग गर्दा पनि गृहमन्त्रीविरुद्ध समाचार लेखेको प्रतिशोधको आधारमा प्रक्राउ गरिएको उनले दोहोर्‍याए । ‘ममाथिको छानबिनको कुरा छ । मैले भन्दै आएको थिएँ । म सघाउँछु । म यो देशको नागरिक हो । सबै कुरामा राज्यलाई सघाउँछु । तर हचुवाको भरमा नवअधिनायकवाद देखिएको छ । यो तपाईं हामी माथि र प्रेस स्वतन्त्रता माथिको कुठराघात हो । मलाई कार्यकक्षबाटै गिरफ्तार गरेर लगिँदै छ । यसका विरुद्ध म अन्तिम समयसम्म लडाईं लड्ने छु । तर यो देशमा कानुन छ भने दुई वटा पासपोर्ट बोक्ने, सहकारी ठगीमा प्रमाणित भएको समाचार छ ।’

उनले नागरिकता छानबिनको बहाना बनाएर सहकारी ठगीकाण्डविरुद्ध समाचार लेखेकोमा गिरफ्तार गरिएको प्रष्ट्याए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ