गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न माग

गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न माग

  • मङ्लबार, जेष्ठ ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न सरकारसँग माग गरेको छ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा वागमती प्रदेश सभा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी भएर फरार रहेको भन्दै उस्तै अभियोग लागेका चाँही गृहमन्त्री हुने , यो कहाँको न्याय हो ? उनले प्रश्न गरेका छन् ।

‘एउटै खालको अभियोग भोगिरहेका सदनका माननीय गिता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको हामीले सुनेका छौँ। एउटै सदनका दुई जना माननीय सदस्य एउटै अभियोग एक जनालाई पक्राउ पूँर्जी जारी भएर फरारको सूचिमा रहनुपर्ने र अर्को एक जना गृहमन्त्री हुनुपर्ने यो कस्तो बिडम्बना हो, र यो कस्तो न्याय हो ?,’ उनले अघि भने, ‘यस विषयमा हाम्रो दावी यो हो भने गृहमन्त्रीको दाबी छ– म यसमा संलग्न छैन। त्यसो हो भने संसदीय छानविन समिति बनाउ। दाबी अनुसार उहाँ संलग्न भएको होइन भने उहाँले उन्मुक्ति पाउनुहोस, सफाई पाउनुहोस्। दाबी अनुसार उहाँ संलग्न भएको हो भने माननीय गीता बस्नेतलाई जस्तै उहाँलाई पनि पक्राउ पूर्जी जारी होस्। हाम्रो यति मात्रै आग्रह हो।’

उनले गृहमन्त्रीले सदनमा बोल्दा देशको सूचना बेच्नेहरु पनि यही भित्र रहेको भनेपछि त्यो को हो ? तत्काल सार्वजनिक गरेर कार्बाही गर्नु पर्ने नत्र गृहमन्त्रीलाई गलहत्याउन तयार रहेको चेतावनी पनि दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ