गठबन्धन फेर्न रास्वपाका नेताहरु काँग्रेसका नेताको घर घरमा पुगिरहेको गगन थापाको दाबी

गठबन्धन फेर्न रास्वपाका नेताहरु काँग्रेसका नेताको घर घरमा पुगिरहेको गगन थापाको दाबी

  • आइतवार, जेष्ठ ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

 

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू डेमोक्रेटिक अलाइन्सका लागि कांग्रेस नेताहरूकोे घर–घरमा पुगेको दावी गरेका छन् ।

आज साँझ नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन आयोजना गर्दै थापाले पहिला कांग्रेसका र अहिले रवि लामिछानेका मित्र ९सायद डा। स्वर्णिम वाग्ले० ले यस्तो काम गरिरहेको दाबी गरे।

‘म उहाँहरुको गोपनीयता भंग गर्न चाहन्न। तर, पहिले नेपाली कांगेसको र अहिले रवि लामिछानेका अभिन्न मित्रले नेपाली कांग्रेसका नेताहरुको घर–घरमा पुगेर हामी डेमोक्रेटिक अलाइन्सका लागि तयार छौँ भन्दै संसदीय समितिको टीओआरमा लचक भइदिन आग्रह गर्नुभएको छ,’ थापाले पत्रकार सम्मेलनका क्रममा भने।

साथै, उनले आफूसँग पनि भेटेर एमालेसँग नजिक हुन बाध्य नपार्न आग्रह गरेको दाबी गरे।

‘उहाँले मसँग पनि भेटेर हामीलाई एमालेसँग नजिक हुन बाध्य नपारिदिनुस् भन्नुभएको थियो,’ उनले भनेका छन्।

उनले गिरीबन्धु टी स्टेटको मुद्धामा रास्वपा नबोल्ने र सहकारीको मुद्धामा एमाले नबोल्ने सहमति भएको समेत जिकिर गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ